६ जेष्ठ २०८१, आईतवार
खानेपानीको दिर्घकालिन समाधानका लागि बबई गौरबको योजना बनाई कार्यान्वयणमा ल्याइने : ढकाल

बिगत ५, ६ महिनादेखि कोहलपुर नगरपालिकाका वडा नं. १०, ११ र ६ मा खानेपानी सप्लाई हुन नसकेको प्रति चासो ब्यक्त


  • टाइम्स संवाददाता

  • २९ आश्विन २०७९, शनिबार ११:१४

कोहलपुर, बांके: नेकपा एमालेका केन्द्रिय सदस्य, बांके जिल्ला ईन्चार्ज एबं प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुर्य ढकालले कोहलपुरको डुडुवा खोला किनारमा मजबुद तटबन्ध गरी सुन्दर पिकनिक स्थल  र करिडोरको रुपमा विकास गर्दै कोहलपुरमा रिङरोड बनाउने आफनो दृष्किोण रहेको जनाएका छन । उन्ले कोहलपुर चप्परगौरी, हात्तिसार हुदै सल्यान घुईयाबारी जोडने अन्तरजिल्ला सडक निर्माण आफनो पहिलो प्राथमिकता रहेको जनाएका छन । कोहलपुर नगरपालिका वडा नं. १२ को वडा भेलालाई सम्बोधन गर्दै ढकालले यस्तो बताएका हुन ।

आफुले नागरिकको चहाना नजिकबाट बुझेको बताउदै जनचाहना बिपरित एक कदम नचाल्ने भन्दै नगरपालिका भित्रका सबै कृषि योग्य जमिानमा १२ महिना सिचाई पुग्ने गरि पानीको बयबस्था गर्ने र खानेपानीको दिर्घकालिन समाधानका लागि बबई गौरबको योजना बनाई कार्यान्वयणमा ल्याउने समेत प्रतिबद्धता जनाएका छन ।

बिगत ५, ६ महिनादेखि कोहलपुर नगरपालिकाका वडा नं. १०, ११ र ६ मा खानेपानी सप्लाई हुन नसकेको प्रति चासो ब्यक्त गर्दै ढकालले मानिसको अत्याबश्यक बस्तु भित्र पर्ने खानेपानी कार्यालयलाई स्थानिय निकायको मातहतमा ल्याई जनतालाई भरपुर पानीको ब्यबस्था गर्ने आफनो सोच रहेको बताएका छन ।

Nabintech