२५ बैशाख २०८१, मंगलवार
कोहलपुर ५ मा आँखा र कान शिविर

  • टाइम्स संवाददाता

  • ३० आश्विन २०७९, आईतवार ०५:४०

कोहलपुर नगरपालिका- ५ मा भएको आँखा र कान शिविरबाट ४ सय २७ सय जनाले सेवा लिएका छन् । शनिबार कोहलपुर नगरपालिका वडा नं. ५ का अध्यक्ष दिपेन्द्र श्रेष्ठले कार्यक्रमको पर्चा दिएर उद्घाटन गरेका थिए ।

कोहलपुर नगरपालिका वडा नं. ५ कार्यालयको सहकार्य, समाज सेवा संस्था नेपालको आयोजना, व्रिनोज कान स्वास्थ्य स्याहार केन्द्र र भिजन आँखा अस्पतालको प्राविधिक सहयोगमा कार्यक्रमको आयोजना गरिएको हो ।

भिजन अस्पताल र व्रिनोज कान स्वास्थ्य स्याहार केन्द्रका डाक्टरहरुले आँखा तेजिलो बनाउन घरेलु उपचार पनि गर्न सकिन्छ । जसका लागि राति अमला भिजायर कपासको मदतले आँखामा दुई थोपा हाल्ने, अनिदो नबस्ने, भटमासका परिकार खाने, गेडागुडीको टुसा उमारेर बिहानको नास्तामा खाने र पल्टियर लामो समय सम्म टिभि नहेर्ने जस्ता सुझाव दिएका थिए ।

यस्तै समाज सेवा संस्था नेपालका अध्यक्ष विनोद थापाले जेष्ठ नागरिक, किशोरकिशोरी, अपांगता भएका व्यक्ति, एकल महिला र विपन्न नागरिक गरी कोहलपुर नगरपालिका भरी ५ हजार बढि लाभान्वित गराउने लक्ष्य रहेको बताए । हरेक दिन पहिले क्रमशः १४, ७, ८, २, ३, ४ र ५ वडामा शिविर सञ्चालन गरिसकेका छौं, भोली ६ वडामा शिविर सञ्चालन गरिने संस्थाका अध्यक्ष थापाले बताए ।  थापाका अनुसार शिविरबाट चेकजाँच गरी समस्या देखिएका र अप्रेशन गर्नुपर्ने देखिएका विरामीहरुलाई ६५ प्रतिशत छुटमा उपचार हुनेछ ।

शिविरमा २ सय २५१ जनाले आँखा चेकजाँच गराएका थिए भने जसमा ३४ जनाको अप्रेशन गर्नुेपर्ने देखिएको छ भने १७६ जनाले कानको चेकजाँच गराएका थिए भने जसमा ७ जनाले अप्रेशन गर्नुपर्ने देखिएको संस्थाका अध्यक्ष थापाले बताए ।

शिविरमा भिजन अस्पताल र व्रिनोज कान स्वास्थ्य स्याहार केन्द्रका डाक्टरहरुले चेकजाँच गरेका थिए । कोहलपुर नगरपालिका वडा नं. ४ का जनप्रतिनिधिहरुले सहजिकरण गरेका थिए ।

Nabintech