२६ बैशाख २०८१, बुधबार
झोलुङ्गे पुल तरेको २० रुपैयाँ !

  • टाइम्स संवाददाता

  • ३१ आश्विन २०७९, सोमबार ०८:०२

भक्तपुर : सूर्यविनायक नगरपालिकाले खोला नरहेको स्थानमा बनाइएको सार्वजनिक झोलुङ्गे पुल तर्नेसँग शुल्क असुल्दै आएको छ। नगरपालिकाको वडा नं ९ र १० को सिमाना साँगामा बनाइएको झोलुङ्गे पुल तर्न २० रुपियाँ तिर्नुपर्ने हुन्छ। दुईवटा डाँडालाई जोड्न बनाइएको सो पुल तरेबापत शुल्क लाग्ने विषय अहिले विवादित भएको छ।

सूर्यविनायक नगरपालिकाले पर्यटकीय गतिविधि बढाउने उद्देश्यले सङ्घीय सरकारको सहयोगमा एक करोड छ लाख रुपियाँको लागतमा पुल निर्माण गरेको थियो।  नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाले पर्यटन क्षेत्रको विकासका लागि शुल्क लिने गरिएको तर्क गरे।

सो क्षेत्रको अवलोकन गर्न सार्वजनिक बिदामा दैनिक हजारौँको सङ्ख्यामा पर्यटक यहाँ आउने गरेका छन्। उनले पर्यटकका लागि थप भौतिक पूर्वाधारको विकास गराउन न्यून शुल्क लिनु परेको बताए

पुल निर्माण गरिएको वडा नं ९ र १० का स्थानीयले पुल प्रयोग गरेबापत शुल्क तिर्नु नपर्ने र सूर्यविनायक नगरपालिकाका बासिन्दालाई ५० प्रतिशत छुट दिइएको छ।  सार्वजनिक बिदामा अत्यधिक भीड हुने भएकाले सो भीड व्यवस्थापनका लागि रकम उठाइएको भनाइ नगरपालिकाको छ।

पुल निर्माण भएपछि पर्यटक आवागमनमा निकै वृद्धि भएको स्थानीय व्यवसायी जय श्रेष्ठले बताए। उनले शनिबार तथा सार्वजनिक बिदाको दिनमा पुलमा पाइलो टेक्नेसमेत ठाउँ नपाउने बताउँदै साँगामा महादेव मन्दिर र पुल निर्माण भएपछि पर्यटकीय क्षेत्रका रूपमा विकास भएको उल्लेख गरे।

नगरपालिकाले ध्याम्पेडाँडा र नैचालडाँडा जोड्ने ५४७ मिटर लामो झोलुङ्गे पुल बनाउन सङ्घीय सरकारलाई अनुरोध गरेको छ।  पछिल्लो समय ध्याम्पेडाँडा, नैचालडाँडा, साँगा पर्यटकीय क्षेत्रका रूपमा विकास भइरहेकाले सो क्षेत्रमा

Nabintech