२५ बैशाख २०८१, मंगलवार
जनता भेट्दै, सुझाव लिँदै ​​नेता ढकाल

  • टाइम्स संवाददाता

  • ३१ आश्विन २०७९, सोमबार ०८:१८

कोहलपुर, बांके:नेकपा एमालेका केन्द्रीय सदस्य तथा बांके क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुर्य ढकालले जनतासँग सुझाव लिँदै हिँड्नुभएको छ ।बांके क्षेत्र नम्बर १ का जनताको जीवनस्तर उकास्ने प्रमुख एजेण्डा लिएर चुनावी मैदानमा उत्रनुभएका ढकालले त्यस क्षेत्रका जनताको घरदैलोमा पुगेर सुझाव लिन थाल्नुभएको हो ।

उहाँले आइतबार १ नम्बर क्षेत्र अन्तर्गत पर्ने कोहलपुर नगरपालिकाको ५, १ नम्बर वडाका बिभिन्न स्थानका जनताका बिचमा पुगेर सुझाव लिनुभएको छ । नेताहरूले भाषण मात्रै गर्ने तर जनताका गुनासा नसुन्ने परिपाटीको विकास भइरहेका बेला नेता ढकालले गुनासो सुन्ने र सुझाव लिने काम अघि बढाउनुभएको हो ।

त्यस क्षेत्रका जनताले सडकको स्तर उन्नती, सिँचाइ सुविधा उपलब्धता, उत्पादित कृषि उपजको सहज बजार, कोल्ड स्टोरजस्ता विषयलाई सम्बोधन गरिदिन सुझाव दिएका छन् । सुझाव सुनेपछि नेता ढकालले स्थानीय जनतामा कुनै स्वार्थ नरहेको भन्दै अपरिहार्य विषय नै उठाएको बताउनुभयो । उहाँले भन्नुभयो, “यी मागहरू पूरा गर्ने जनप्रतिनिधिको दायित्व हो, जुन म पनि पूरा गरी छाड्छु ।”

 

Nabintech