२५ बैशाख २०८१, मंगलवार
को हुन दुर्गा ? किन हाेमिए राजनितीमा !

२०५३ सालमा माओवादी पाटिको सदस्य बनेपछी उनको राजनीतिक यात्रा औपचारिक रुपमा सुरु भएको थियो


  • सरला सुबेदी

  • ३१ आश्विन २०७९, सोमबार ०९:१०

कोहलपुर: बाँके जिल्ला राप्तिसोनारी गाउँपालिका वडा नम्बर ३ बैजापुरको बैशा गाउँमा बिक्रम सम्बत २०३८ सालमा बुवा खुसिराम थारु र आमा भुखली थारुको कोखबाट जन्मिएका सात भाइ मध्यका काईला छोरा हुन् दुर्गा प्रसाद चौधरी उनि राजनीति यात्रामा सन्तोष भनेर पनि परिचित छन् । उनका १ छोरी र १ छोरा छन् बिगत १४ बर्षदेखी कोहलपुर नगरपालिकावडा नम्बर २ शक्तिनगरमा बस्दै आएका उनी बाल्यकाल निकै दुख कष्ट र भुखमरीसङ्गै कटेको बताउछन् ।

आफू पाँच बर्षको हुँदा आफ्ना हजुरबुवाले रागा किन्न गाउँकै साहुजनबाट सातबिसे ऋण लिएको र रागा मरेपछि सातबिसे ऋण तिर्न १३ बर्षसम्म आफुहरुले उब्जाएको बाली एक दाना पनि आफुहरुले खान नपाउदा आफ्नो घरमा भोकमरी परेको व्यथा सुनाउछन् ।उक्त भोकमरीको व्यथा अनि आफ्नो ढल्कदो उमेरसङ्गै आफ्नो घरमा घटेको उक्त घटनाले उनिमा बिद्रोहको भाव जन्माएपछि उनिलाई १५ बर्षकै उमेरमा माओवादी पाटिमा लाग्ने प्रेरणा मिलेको थियो।

२०५३ सालमा माओवादी पाटिको सदस्य बनेपछी उनको राजनीतिक यात्रा औपचारिक रुपमा सुरु भएको थियो। उनी माओवादीमा हुँदा छापामार दलमा समाहित भएर सातवटा डिभिजन मध्यको छ नम्बर डिभिजन सुर्खेत दशरथपुरमा सहायक कमान्डर भएसङ्गै अवकास प्राप्त गरेका थिए। उनी माओवादी पाटिमा हुँदा र आफू कमान्डर भएर जिम्मेवारी समालिरहदा माथिल्ला तहका कमान्डर अनि नेताले चरम रुपमा भ्रष्टाचार गरेको देखेपछी उनी त्यो भ्रष्टाचार रोक्नको लागि बिद्रोह गर्न थाले तर भ्रष्टाचारमा लिप्त भएकाहरुले उल्टै उनलाई मोहन वैद्य गुटको असन्तुष्टि पक्षको परिवर्तन नचाहने जलसुत्रवादी सिद्धान्त बोकेको व्यक्ती भनेर लाल्छेना लगाए। उक्त समयमा गलत कुराको आरोप लगाएपछी उनिमा माओवादी पाटिप्रती बितृष्णा जागेर आयो ।

त्यसपछि जनमुक्ति सेना सहितको बिद्रोह अभियानमा होमिएसङ्गै नेकपा एमालेको दुई तिहाइ सरकार हुँदा समृद्ध नेपाल सुखी नेपालको परिकल्पना एकदमै मन परेर नेकपा एमालेमा समाहित भएका दुर्गा २०७४ सालमा केपि ओलिले ल्याएका जनताको हितमा गरिएका काममा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले विभिन्न तवरले बाधा अड्चन गरेपछी आफुलाई उक्त राम्रो कामको सधै बिरोध गरिरहने तर भ्रष्टाचार गर्ने भ्रष्टाचारीलाइ सधै पोसिरहने हुँदा माओवादीमा भन्दा एमालेमा उनको आकर्षण बढेको हो।

आफ्नो मनमा सानै उमेरमा पैदा भएको बिद्रोह अनि सकारात्मक परिवर्तनका लागि राजनीतिक आन्दोलन गरेर ” समृद्द गाउँ र बिकसित शहर बनाउने सपना अहिले एमालेमा आएर पूरा हुन लागेको छ। नेकपा एमाले लुम्बिनी प्रदेश कमिटिको उपसचिव र आसन्न मंसिर ४ गते हुन गैइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमाबाँके जिल्ला क्षेत्र नम्बर १ ( ख) का प्रदेश सभा सदस्य पदका उम्मेदवार समेत हुन् । उनको त्यति ठूलो योजना त केही छैन तर उनी समृद्द गाउँ र बिकसित शहर बनाउने सपना बोकेर अहिले चुनावी अभियानमा होमिएका छन् ।

Nabintech