२५ बैशाख २०८१, मंगलवार
आम किसान, जातजाती, महिला, पछाडिपारिएको बर्गका मुद्धा सम्बोधन गर्न आफनो उम्मेदवारी :थारु

अब्यबस्थित बसोबास र अतिक्रमित जग्गा नेपाल सरकारको जग्गा भएको र ती जग्गाहरु न्ेपाल सरकारकै मातहतमा आउनुपर्ने धारणा


  • प्रमोद रिजाल

  • १ कार्तिक २०७९, मंगलवार ०६:१२

कोहलपुर, बांके:  कोहलपुर ७ लखना बांकेका स्थायी बासिन्दा फुलाराम थारु बांके जिल्ला क्षेत्र नं. १ ख का लागि प्रदेश सभा सदस्य पदका उम्मेदवार हुन । बाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवारी दिएका थारुको राजनैतिक यात्रा २०५३ सालमा बिन्देश्वरी बहुमुखि क्याम्पस राजबिराजबाट शुरु भएको हो । उनी नेबिसंघबाट आफनो शुरुवाती राजनैतिय यात्रा तय गर्दा महेन्द्र मोरङ क्याम्समा इकाई समिती सदस्य, त्रिचन्द्र क्याम्पस काठमाण्डौ इकाई समिती सदस्य हुदै २०५६ सालमा गगन थापाको प्रिय पात्रको रुपमा समेत चिनिएका थारु स्नातक पढदै गर्दा तत्कालिन सुचना तथा सञ्चार मन्त्रि जेपि गुप्ताको सचिवालय सदस्य रहेर समेत काम गरेको बताउछन ।

नेपाली काङ्गेस त्यागेर बिजय कुमार गच्छदारले फोरम लोकतान्त्रिक गठन गरेपछि फुलाराम २०६३ देखि फोरम लोकतान्त्रिक बांके जिल्ला अध्यक्ष भएर निरन्तर १० बर्ष आफनो राजनैतिक यात्रालाई निरन्तरता दिए । २०७४ मा फोरम लोकतान्त्रिक र नेपाली काङ्गेस एकिकरण भएपछि पुरानो घर नेपाली काङ्गेसमा फर्किएका थारु २०६५ देखि ३ बर्ष कोहलपुर नगरविकास समितीको अध्यक्ष भएर जनताको सेवा गरेको अनुभव सुनाउछन ।

नगरका भित्रि बाटो बिस्तार, बसपार्क निर्माण, नगर तथा आन्तरिक राजस्व स्थित बाटो पिच, खानेपानीको एकल स्वामित्व, लामो दुरिको बसपार्क बनाउन पहल गरेको समेत दाबि गरेका थारुले विकास, शिक्षा, स्वास्थ्य पर्यटन र १ ख मा उपयुक्त विकास नभएकाले जनस्तरमा तत काम सम्पन्न गर्न आफनो उम्मेदवारी रहेको दाबि गरे । आफनै पार्टिका नेताले स्वतन्त्र उम्मेदारी दिएको प्रति थारुले यस बारे आफुले कुनै चर्चा परिचर्चा नगर्ने भन्दै अब्यबस्थित बसोबास र अतिक्रमित जग्गा नेपाल सरकारको जग्गा भएको र ती जग्गाहरु न्ेपाल सरकारकै मातहतमा आउनुपर्ने आफनो धारणा रहेको बताए ।

अब्यबस्थित बसोबासिलाई ब्यबस्थित गर्नु राज्यको दायित्व हो तर को कति सुकुम्बासि हो को कति भुमिहिन हो त्यस्को बास्तबिक लगताका साथ ब्यबस्थापन गर्न आफुले पहल गर्ने जनाए । तमाम थारु जातिको जिवनस्तर माथि उठन नसकेको प्रति इंगित गर्दै थारुले आम किसान, जातजाती, महिला, पछाडिपारिएको बर्गका मुद्धा सम्बोधन गर्न र उनीहरुको जिवनस्तर उकास्न आफनो उम्मेदवारी रहेको दाबि समेत गरे ।

Nabintech