६ जेष्ठ २०८१, आईतवार
खजुरामा सयुक्त निर्वाचन परिचालन कमिटीको सचिवालय

प्रतिपक्षलाई गाली गर्न होइन, हाम्रो उद्देश्य बाँके क्षेत्र न ३ मा गरिबी निवारण स्वरोजगार नीति शिक्षा, स्वास्थ कृषि क्षेत्रको विकासमा गर्नका लागि उम्मेदवारी हो


  • टाइम्स संवाददाता

  • ३ कार्तिक २०७९, बिहीबार २०:२१

बाँके : बाँके क्षेत्र न ३ मा नेकपा एमालेले खजुरा गाउँपालिका वडा नं. ३ मा संयुक्त निर्वाचन परिचालन कमिटी सचिवालयको कार्यालय उद्घाटन गरेको छ । नेकपा एमाले र राप्रपाले संयुक्त रुपमा निर्वाचन परिचालय कार्यालय उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा नेकपा एमाले नेता तथा निर्वाचन परिचालन उद्घाटनका प्रमुख अथिति देवराज भारले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा आफ्नो धारणा राख्दै प्रतिनिधि सभा सदस्यका उम्मेद्वार किस्मत कुमार कक्षपतिले समृद्ध बाँके क्षेत्र न ३ निर्माणमा कृषि, स्वास्थ शिक्षाका क्षेत्रमा ५ वर्ष भित्र गर्न सक्ने युवा स्वरोजगार नीति, पूर्वाधार निर्माण, कृषिको यान्त्रीकरण गर्नाका लागि अर्जुन दृष्टिका साथ एमाले उम्मेदवारहरु परिचालित हुने दावी गर्नुभयो ।

कक्षपतिले बाँकेको समग्र राजनीतिक विकास र बाँकेको समृद्धीको यात्रामा प्रतिपक्षका साथीहरु भन्दा धेरै योगदान गरेका उम्मेदवारहरु पार्टीले उम्मेदवार बनाएको दावी समेत गर्नुभएको छ । कक्षपतिले जनता २१ औ शताब्दीको रहेको बताउदै कोही अन्धभक्त नहुँने तर्क राख्नुभयो । उहाँले टोल टोलमा बाँकेको विकासमा एमाले उम्मेदवारहरुले खेलेको भूमिका र गठबन्धनका साथीहरुको भूमिकाको चर्चा हुन आवश्यक रहेको बताउनुभयो । एमाले उम्मेदवारहरुसँग ऐजेण्डा रहेको औल्याउदै कक्षपतिले बरु एजेण्डाहरुमा बहस गर्न गठबन्धनका साथीहरुलाई आग्रह समेत गर्नुभयो ।

यसै गरी कार्यक्रममा प्रदेश क का उम्मेदवार रत्न खत्रीले आफ्नो निर्वाचन क्षेत्रका १२ वटा वडाहरुका समस्याहरुको पहिचान र योजनाहरुको आवश्यकता जनताबाटै अनुमोदन गरी कार्यान्वयन गर्ने प्रतिवद्धता गर्नुभयो । आफु निर्वाचित भए पावरका भरमा र आफ्ना मान्छेका भरमा कुनै योजना नदिने उल्लेख गर्नुभयो । खत्रीले जनताका विचमा रहेर योजना निर्माण गर्ने प्रतिवद्धता समेत गर्नुभएको छ । उहाँले प्रतिपक्षलाई गाली गर्न होइन । हाम्रो उद्देश्य बाँके क्षेत्र न ३ मा गरिबी निवारण स्वरोजगार नीति शिक्षा, स्वास्थ कृषि क्षेत्रको विकासमा गर्नका लागि उम्मेदवारी हो खत्रीले भन्नुभयो ।

कार्यक्रममा प्रदेश ख का उम्मेदर भिम वली लगाएतले आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा जिल्ला प्रचार विभाग प्रमुख सतिश निरौला, केन्द्रिय सदस्य, प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सदस्य लगाएतको सयुक्त निर्वाचन परिचालन कमिटी कार्यालय उद्घाटन कार्यक्रममा उपस्थिति रहेको थियो ।

Nabintech