६ जेष्ठ २०८१, आईतवार
ढकालले अघि सारे महत्वपूर्ण एजेण्डा

डुडुवा किनार किनारै साइकलिगं गर्न मिल्ने गरि पर्यटकिय मार्ग खोल्ने समेत आफुले देखेको सपना


  • टाइम्स संवाददाता

  • ४ कार्तिक २०७९, शुक्रबार १०:००

बांके, कोहलपुर:  नेकपा एमालेका केन्द्रिय सदस्य , बांके जिल्ला ईन्चार्ज तथा  बाँके निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसमा सदस्य पदका एमाले उम्मेदवार सूर्य ढकालले पर्यापर्यटन जस्तो महत्वपूर्ण एजेण्डा अघि सारेका छन् । उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई साकार पार्न अहिलेसम्म कसैले नउठाएका योजना सार्वजनिक गरेका हुन ।

कोहलपुर, राप्तीसोनारी र नरैनापुरको समग्र विकासका लागि पर्यापर्यटनलाई महत्वका साथ आफ्नो योजनामा राखेका छन् । नरैनापुरस्थित सन्तानेश्वर महादेव मन्दीर, राप्तीसोनारी गाउँपालिका ३ मा अवस्थित भुवर भवानी मन्दीर, राप्ती नदीमा र्याफ्टिङ, गाईलेख, बाँके राष्ट्रिय निकुञ्ज, गाभर भ्याली होमस्टे लगायतलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने उनको योजना छ । डुडुवा किनार किनारै साइकलिगं गर्न मिल्ने गरि पर्यटकिय मार्ग खोल्ने समेत आफुले देखेको सपनाभित्र परेको बताउछन ।

उनले कोहलपुर–चपरगौडी–खड्गवार–घुइयाबारी अन्तर प्रदेश सडक निर्माण गरिने योजना पनि अगाडी सारेका छन् । कोहलपुरमा उत्पादित बस्तु कर्णाली प्रदेसमा पुर्याउने र त्यहाँको बस्तु तराईमा ल्याउन उक्त सडक निर्माणलाई प्राथमिकतामा राखेको उनले बताए ।
उनले एमालेले बृद्ध भत्ताको ब्यवस्था गरेझैँ  ”दक्ष जनशक्तिलाई रोजगारी दिन एक घर एक रोजगार सिर्जना गर्ने ” योजना पनि ल्याएका छन् । यूवा जनशक्तिलाई स्वदेशमै रोजागार दिन एक घर एक रोजगार कार्यक्रमको अवधारणा ल्याएको उनको भनाई छ ।

प्रतिनिधिसभा बाँके क्षेत्र नं १ का उम्मेदवार ढकालले कोहलपुर क्रिकेट मैदान निर्माण पूरा गर्ने प्रतिवद्धता समेत जनाएका छन् । बाँकेबाट महिला क्रिकेट खेल्न सुरु भए पनि खेलमैदान नहुँदा क्रिकेट खेलाडी उत्पादनमा बाधा पुगेकोले यसलाई पनि प्राथमिकतामा राखेको उनले स्पष्ट पारेका छन् ।

उनले सिक्टा नहर निर्माण सम्पन्न गराउने, नरैनापुरमा आर्थिक, सामाजिक र शैक्षिक रुपमा सम्पन्न गराउने, राप्ती नदी आसपासका बासिन्दालाई कटान, डुवान र पटानबाट जोगाउने, राष्ट्रिय निकुञ्जका वन्यजन्तुबाट जोगाउन विशेष योजना ल्याउने ढकालको योजना छ ।
कृषिको आधुनिकीकरण, राष्ट्र निर्माणमा यूवा परिचालन, महिला सशक्तिकरण, जायित विभेद अन्त्य, विकासको साझा मोडालिटीका साथै कालापानी, लिपुलेक फिर्ता ल्याउने जस्तो एजेण्डा ल्याएका ढकालले जनतासँग जनता कार्यक्रममार्फत जनताको विकास जनताबाट गराउने योजना पनि बनाएका छन् ।

Nabintech