६ जेष्ठ २०८१, आईतवार
कोहलपुर नगरको प्रेस संयोजकमा ढकाल

  • टाइम्स संवाददाता

  • ४ कार्तिक २०७९, शुक्रबार १७:४०

कोहलपुर: पत्रकार प्रियास्मृति ढकाल बाँकेको कोहलपुर नगरपालिकाको प्रेस संयोजकमा नियुक्त भएका छन् । गएको असोज २७ गते बसेको कार्यपालिका बैठकले पत्रकार ढकाललाई प्रेस संयोजकमा नियुक्त गरेको हो ।

करिब दुई दशकदेखि पत्रकारितामा क्रियाशील ढकाल हाल रेडियो बागेश्वरीको समाचार प्रमुख, स्वास्थ्य पेज अनलाइनको कार्यकारी सम्पादक र बेलायती गोर्खाजहरुको रेडियो बीएफबीएसको पश्चिम नेपाल रिपोर्टर हुन् ।

कोहलपुर नगरपालिका–९ का स्थायीबासी पत्रकार ढकालले यसअघि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको कार्यकालमा तत्कालीन जिल्ला विकास समितिमा उपाध्यक्षको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका छन् ।

Nabintech