ईलाका प्रहरी कार्यालय कोहलपुरले लागू औषध ब्राउन सुगर सहित सरकारी कर्मचारी पक्रउ गरेको छ । दाङ जिल्ला डिभिजन बन कार्यालय घोराहीका रेन्जर किरण तिवारीलाई सरकारी नम्वर प्लेटको रा.१ब. ८९९ नम्वरको निलो पल्सर बाईक सहित कोहलपुर प्रहरीले चेक जाँचको क्रममा पक्राउ गरेको छ । शनिबार सार्वजनिक विदाको दिन सरकारी नम्वर प्लेटको मोटरसाईकलमा कोहलपुर देखि दाङ जाने क्रममा राप्ती सोनारी गाँउ पालिका वडा नं. ९ ढकेरी स्थित पूर्व पश्चिम राजमार्ग सडक खण्डमा गोप्य सुचनाको आधारमा प्रहरीले चेक जाँच गर्दा मोटरसाईकलको शक र हेडको बिचको भागमा हरियो रङको प्लाष्टिकको १ पोकामा रहेको लागुऔषध ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ कपडाले लपेटी लुकाई राख्यको अवस्थामा प्रहरीले फेला पारेको थियो ।उक्त समाग्री तौल गर्दा १४ ग्राम ६१० मिलिग्राम रहेको ईलाका प्रहरी कार्यालयका प्रमुख ऐन वहदुर मल्लले वताए ।
पक्राउ पर्नेहरुमाघोराही उप महानगरपालिका वडा नंम्वर १५ रतनपुरका भरत चौधरी र जिल्ला प्यूठान धर्मावती –४ स्थाई घर भई हाल जिल्ला दाङ तुल्सीपुर उपमहानगरपालिका वडा नं. १८ हेमन्तपुर घर भई जिल्ला वन कार्यालयमा कार्यरत रेन्जर किरण तिवारी पक्राउ गरिएको मल्लले पत्रकार सम्मेलन गरेर जानकारी गराएका थिए । यस्तै कोहलपुर प्रहरीले शुक्रबार बाँके बैजनाथ गाँउ पालिका वडा नं. ५का मनिश थारुलाई ७८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको मल्ल्ले वताए । ९४० मिलि ग्राम ब्राउन सुगर सहिद शुक्रबार नै कोहलपुर नगरपालिका वडा नं. २ विकास नगरका (बिजय ) भन्ने बिर वहादुर बि.क.को घरमा लाग्ुऔषध कारोवार भई रहेको छ भन्ने सूचनाको आधारमा प्रहरीले खानतलासी गर्दा लगाएको ट्राउजरमा लुकाई राखेको अवस्थामा ९४० मिलिग्राम ब्राउन सुगर सहित विक लाई प्रहरीले पक्राउ गरी पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।
यस्तै २०७९\६\२५ गते बैजनाथ गाँउ पालिका वडा नं. १ चिसापानी सन्तोष शाही र पदम बुढाको साथ वाट ७३० मिलिग्राम ब्राउन सुगर सहिद प्रहरीले उनि हरुलाई पक्राउ गरेर अनुसन्धा गरीरहेको मल्लने जानकारी गराएका थिए । बाँके जिल्ला पछिल्लो समय लागु औषधको अखडाको रुपमा विकास हुदै आएको यी घटनाहरुवाट देखिन्छ ।