२ आश्विन २०८१, बुधबार
कहिलेकाँही यहाँका साथीहरूले दाइ बँदेल छ भनेर यसो १–२ किलो पठाइदिन्थे : विरोध खतिवडा

  • टाइम्स संवाददाता

  • ९ कार्तिक २०७९, बुधबार १५:२७

हेटौँडा : केही दिनअघिमात्रै आफूले आफैँलाई ‘बेइमान’ भनेर भोट माग्दै हिँडेका मकवानपुर–२ का गठबन्धन उम्मेदवार विरोध खतिवडाले फेरी अर्को विवास्पद अभिव्यक्ति दिएाक छन् ।

खतिवडाले  मनहरी गाउँपालिकाको मध्यवर्ती क्षेत्रनजिकै एक चुनावी कार्यक्रममा जंगली जनावर बँदेलबारे विवादस्पद अभिव्यक्ति दिएका छन् ।  उनले पहिले त्यो ठाउँमा आउँदा बँदेलको मासु खुवाउने गरेको तर आजकाल तारबार लगाएर उक्त अवसरबाट वञ्चित भएको बताए ।

उनले बदेलबाट आतंकित किसानको कुरा सुनेर तारबार लगाउँदा घाटा भएको बताए । ‘अहिले इन्द्र बानियाँजीले भन्नुभो उताबाट तारबार बाँध्ने, यताबाट बाँध्ने, इलेक्ट्रिक लाउने, अनि ड्याम उठछ, ढ्याकढुक्क गर्ने अनि आउँदैन भन्नेकुरा ठीक हो । तर, घाटा पनि छ, यसो बँदेल घुम्न आउँथ्यो, स्वाट्ट पार्न पाइन्थ्यो, त्यो त नपाइने भो । कहिलेकाँही यहाँका साथीहरूले दाइ बँदेल छ भनेर यसो १–२ किलो पठाइदिन्थे, त्यो खान नपाइने भो ।’

Nabintech