२९ असार २०८२, आईतवार
रानीपोखरीको बालगोपालेश्वर मन्दिर आज सर्वसाधारणका लागि खुला

  • टाइम्स संवाददाता

  • १० कार्तिक २०७९, बिहीबार ०७:१०

काठमाडौं : भाइटीकाकै अवसरमा रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर बिहीबार सर्वसाधारणका लागि खुलेको छ। विशेषगरी दिदीबिहिनी नहुने र भएर पनि भेट हुन नपाएका दाजुभाइ भाइटीकाका दिन बालगोपालेश्वर मन्दिर पुग्ने गर्छन्।

दिदीबहिनी नहुनेहरूले बालगोपालेश्वर महादेवको दर्शन गर्ने र त्यहाँ रहेका दिदीबहिनीको हातबाट टीका लगाउँछन् काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बिहीबार बिहान ५ बजेदेखि मन्दिर खुल्ने व्यवस्था मिलाएको जानकारी दिए।

यस्तै विगतका वर्ष झैँ अञ्जली शाक्य (अञ्जली दिदी)ले पनि दाजुभाइ नहुनेहरूलाई काष्टमण्डपमा टीका लगाइदिँदै छिन्। उनले २०५५ सालदेखि सार्वजनिक रूपमा टीका लगाउन थालेकी हुन्।

 

Nabintech