१४ बैशाख २०८१, शुक्रबार
वाणिज्य संघले बैंक तथा वित्तीय संस्थाहरुले अस्वभाविक रुपमा बृद्वि गरेको ब्याजदरको बिरोध प्रदर्शन गर्ने

“राष्ट्र बैंकले आर्थिक तरलताको विषयलाई प्रमुख मुद्वा बनाउँदा इतिहासमै धेरै मुनाफा अहिले बैंक वित्तीय संस्थाहरुले गरिरहेका छन्,


  • टाइम्स संवाददाता

  • २२ कार्तिक २०७९, मंगलवार १६:२०

बांके, कोहलपुर:  कोहलपुर उद्योग वाणिज्य संघले बैंक तथा वित्तीय संस्थाहरुले अस्वभाविक रुपमा बृद्वि गरेको ब्याजदर र नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पूजी कर्जा निर्देशिका २०७९ परिमार्जनको माग गर्दै विरोध प्रदर्शन गर्ने भएको छ । मंगलबार संघको कार्यालयमा बसेको वैठकले तत्काल बैंक वित्तीय संस्थाहरुले प्रवाह गर्ने कर्जाको ब्याजदरले ढिलो चाडो सबै उद्योगी व्यवसायीहरु सडकमा आउने परिस्थिती सिर्जना भएको हुँदा आन्दोलनको विकल्प नरहेको भन्दै विरोध प्रदर्शन गर्ने निर्णय भएको वाणिज्य संघ कोहलपुरका अध्यक्ष लक्ष्मणराज पौडेलले बताएका छन् ।

नेपाल राष्ट्र बैंकको मौद्रिक नीति एवम् चालु चालु पूजी कर्जा निर्देशिका २०७९ व्यवसायीहरुलाई धरासयी बनाउँदै बैंक वित्तिय संस्थाहरुको हितमा मात्र भएकाले अविलम्ब परिमार्जन नभएसम्म चरणबद्व आन्दोलनमा आपूmहरु उत्रिन बाध्य भएको अध्यक्ष पौडेलको भनाई छ । विरोध कार्यक्रम अन्र्तगत भोली बुधवार कोहलपुर न्यूरोड चोकबाट वृहत विरोध सहितको ¥याली प्रदर्शन गर्ने कार्यक्रम तय भएको अध्यक्ष पौडेलले जानकारी दिएका छन् । विरोध सहितको प्रदर्शन रयालीको सबै तयारी पुरा भइसकेको र उल्लेख्य मात्रामा यस क्षेत्रका उद्योगी व्यवसायीहरु प्रदर्शनमा सहभागि रहने वाणिज्य संघ कोहलपुरले जानकारी दिएको छ ।

मंगलबार संघको कार्यालय मा बसेको वैठकमा सहभागिमध्येका नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रिय सदस्य चक्र अधिकारीले अनियमित र भद्रगोल तरिकाले मौद्रिक नीति अवलम्बन गराउन खोज्नु नै कानुन सम्मत बैंक वित्तीय संस्थाहरुले ठगेर खान अनुमति दिएको भन्दै सरकार र राष्ट्र बैंकको कडा आलोचना गरे । “राष्ट्र बैंकले आर्थिक तरलताको विषयलाई प्रमुख मुद्वा बनाउँदा इतिहासमै धेरै मुनाफा अहिले बैंक वित्तीय संस्थाहरुले गरिरहेका छन्, यस विषयमा सम्बन्धित संयन्त्र मौन छ, अब आन्दोलनको विकल्प हामीसँग छैन, उनले भने ।” यस्तै लुम्बिनी प्रदेश सदस्य नरेन्द्र प्रसाद शर्माले बैंक वित्तिय संस्थाहरुले मनपरी रुपमा ब्याजदर बृद्वि गर्ने परिस्थिती सरकारले सिर्जना गरेकाले सरकार यस विषयमा संवेदनशील बन्नुपर्नेमा जोड दिए । “मनपरी ब्याज असुल गरी व्यवसायीहरु धरासयी बनाउने प्रयास भइरहेको छ, यसको विरोध व्यवसायीहरुले नै गर्नुपर्दछ ।” उनले भने ।

उद्योग वाणिज्य महासंघको बर्तमान केन्द्रिय पदाधिकारीहरु गैर जिम्मेवार बन्दा व्यवसायीहरु गम्भिर र नाजुक अवस्थामा पुगेको उनको तर्क छ । प्रभावकारी आन्दोलनको विकल्प नभएका कारण अबको विरोध तथा आन्दोलनका कार्यक्रमहरु कडा स्वरुपमा अगाडी बढाउनुपर्नेमा उनको जोड छ । बैठकमा संघका पदाधिकारी तथा विभिन्न वस्तुगत संघका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । वैठकका सहभागिहरुले कडा आन्दोलनको तयारी गरेर अगाडी बढ्नुपर्ने त्यसका लागिआफुहरु तत्पर रहेको धारणा राखेका थिए ।

Nabintech