२४ बैशाख २०८१, सोमबार
देशको धर्म, संस्कृती परम्परा संरक्षणमा प्रतिबद्ध छु : ढकाल

  • टाइम्स संवाददाता

  • २३ कार्तिक २०७९, बुधबार १९:१३

बांके, कोहलपुर: नेकपा एमालेका केन्द्रिय सदस्य तथा बांके क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सुर्य ढकालले आफु देशभरि रहेका बिभिन्न धर्म, संस्कृती परमपरा र पहिचान सहितको रितिरिवाज संरक्षणमा आफु प्रतिबद्ध रहेको बताएका छन । कोहलपुर नगरपालिका वडा नं. ६ को घरदैलो कार्यक्रममा साधुहरुसंग आर्शिबाद लिंदै ढकालले यस्तो बताएका हुन ।

बिभिन्न जात जातीका परम्परागत चालचलन रितिरिवाज र संस्कृती देशका गहना भएको औंल्याउदै आफु यस्तो पहिचान झल्किने परम्परा संरक्षण र पर्बद्धनमा सदै कटिबद्ध तरिकाले लाग्ने बताए । देशमा धर्म संस्कृतीले आम नेपालीलाई एक सुत्रमा अनुशासित तरीकाले बांधेर राष्ट्रियता बलियो बनाउने काम गरेको भन्दै ढकालले साधु सन्तहरुलाई बिश्राम गर्ने र जिवनका अनुभब र अनुभुतिहरु साटने साधु गृह गाउ गाउमा बनाउन आफुले नितिगत रुपमा ब्यबस्थाका लागि पहलकदमि चाल्ने बताए ।

Nabintech