३१ भाद्र २०८१, सोमबार
बाम-लाेकतान्त्रीक गठबन्धन विकासकाे एजेन्डा लिएर मतदाताकाे घरआँगनमा

  • टाइम्स संवाददाता

  • २७ कार्तिक २०७९, आईतवार १९:१२

काेहलपुर:  बाम-लाेकतान्त्रीक गठबन्धनका उम्मेदवारले घरदैलाे अभियानलाई तिब्रता दिएका छन । चुनावकाे मिति नजिकिदैं गर्दा बाँके क्षेत्र नं. १ मा गठबन्धनको चुनावी अभियानलाई तिब्रता दिईएकाे हाे । विकासकाे एजेन्डा लिएर मतदाताकाे घरआँगनमा पुगिरहेका गठबन्धनका उम्मेदवारलाई स्थानियले खुलेर समर्थन गर्दै आएका छन । आईतबार बाम-लाेकतान्त्रीक गठबन्धनका साझा उम्मेदवार महेश्वर गहतराज (अथक) र फुलाराम थारू काेहलपुरका बिभिन्न वडामा आयाेजित घरदैलाे कार्यक्रममा सहभागी भएका छन ।

बाँके क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार एवं युवा तथा खेलकुद मन्त्री अथकले आफुहरूकाे चुनावी अभियानमा स्थानियले खुलेरै समर्थन जनाईरहेकाे प्रतिक्रिया दिए । माओवादि केन्द्रका स्थायी समिति सदस्य समेत रहेका अथकले क्षेत्र नं. १ का मतदाताले गठबन्धनकै पक्षमा मतदान गर्ने प्रतिवद्दता जनाएकाे बताए । आफुले बिगतमा गरेका कामकाे मुल्यांकन गर्ने समय आएकाे बताउँदै अथकले एक पटक पुन: काम गर्ने अवसर प्राप्त हुनेमा विश्वस्त रहेकाे बताए ।

घरदैलाे अभियानकै क्रममा आईतबार काेहलपुरका विभिन्न वडामा पुगेका गठबन्धनका उम्मेदवारलाई स्थानियले जितकाे अग्रिम शुभकामना समेत दिएका थिए । आईतबार एका बिहानै बृहत घरदैलो गर्न काेहलपुर १२ चप्परगाैंडि पुगेका उम्मेदवारद्धय अथक र फुलारामलाई स्थानीयले भब्य स्वागत समेत गरेका थिए । चप्परगौडीका स्थानिय विवेक अधिकारीले जितेर गएपछि सबैको समस्या समाधान गर्दै देश विकासमा लाग्न उम्मेदवारहरुलाई सुझाव दिएका थिए ।

स्थानियसँगकाे भेटमा मन्त्री अथकले खड्गवार-ढकेरी हुँदै सल्यानकाे घुईयाबारी जोड्ने अन्तरप्रदेशिय सडककाे कामलाई तिब्रता दिने र समृद्ध कोहलपुर नगरपालिका बनाउने प्रतिवद्धता जनाएका थिए । प्रदेशका उम्मेदवार फुलाराम थारूले जनताको काम गर्ने प्रतिवद्ध रहेको जनाउँदै सबैले मत हालेर जिताउन आग्रह गरेका थिए । गठबन्धनको तर्फबाट बाँके क्षेत्र नं. १ काे प्रतिनिधि सभातर्फ मन्त्री अथकसँगै प्रदेश सभा १ (१) मा कृष्णा केसी (नमुना) र प्रदेश सभा १ (२) मा फुलाराम थारू चुनावि मैदानमा हाेमिएका छन ।

Nabintech