१४ बैशाख २०८१, शुक्रबार
सुनको भाउ तोलाको एक लाख नाघ्यो

  • टाइम्स संवाददाता

  • २३ मंसिर २०७९, शुक्रबार ११:०२

काठमाडौं :  नेपाली बजारमा सुनचाँदीको मूल्य एक लाख नाघेको छ।  शुक्रबार छापावाला सुनको मूल्य प्रति तोला ६ सयले बढेर १ लाख ३ सय  रुपैयाँ कायम भएको छ।

हिजो प्रति तोला ९९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ६ सयले बढेर प्रति तोला १ लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ८ सय रुपैयाँ कायम भएको छ। यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ९० रुपैयाँ कारोबार भइरहेको छ। चाँदीको मूल्य प्रति तोला ३० रुपैयाँले बढेको हो।

Nabintech