७ बैशाख २०८१, शुक्रबार
स्ववियु चुनाव तय नगरे आन्दोलनको ज्वारभाटा सहित सडकमा निस्किन बाध्य हुने :घिमिरे

कोहलपुर टाईम्ससंग कुरा गर्दै घिमिरे यसपालि बागेश्वरी क्याम्पसको स्ववियु सभापतिको आफु एक्लो दाबेदार भएको दाबि गरेका छन


  • टाइम्स संवाददाता

  • २३ मंसिर २०७९, शुक्रबार १४:२०

कोहलपुर, बांके: नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुका केन्द्रिय सदस्य तथा बांके जिल्ला सह ईन्चार्ज सुमन घिमिरेले फाल्गुण १४ गते भित्र कुनै पनि हालतमा स्ववियु चुनाव हुनैपर्ने अडान लिएका छन ।

बागेश्वरी बहुमुखि क्याम्पस कोहलपुरका निबर्तमान स्ववियु सह-सचिब  समेत रहेका घिमिरेले त्रिभुबन बिश्वबिद्यालयले फाल्गुण १४ गते भित्र स्वबियु चुनाव गरिसक्ने कार्यतालिका सार्बजनिक गरि सक्दापनि मध्यपश्चिम बिश्वबिद्यालयले चुनावको तिथीमिति सहितको कार्यतालिका सार्बजनिक नगरेको प्रति आक्रोश पोख्दै घिमिरेले निशर्त स्ववियु चुनाबको कार्यतालिका सार्बजनिक गर्नुपर्ने धारण राखेका छन ।

कोहलपुर टाईम्ससंग कुरा गर्दै बागेश्वरी क्याम्पस कोहलपुर स्ववियु सभापतिका दाबेदार समेत रहेका घिमिरेले आम बिद्यार्थीका हक अधिकारको पक्षमा वकालत गर्ने निकाय स्ववियुलाई कुनैपनि हालतमा बन्धकमा राख्ने तथा थाती राख्न नहुने भन्दै यथाशिघ्र कार्यतालिका सार्बजनिक गर्न मध्यपश्चिम बिश्वविद्यालयलाई आब्हान समेत गरेका छन ।

बिद्यार्थीका यावत समस्या ज्यु का त्यु रहेका बेला स्ववियु चुनाव नहुनु दुखद भएको भन्दै न्यायोचित मागहरु सम्बोधन हुन नसके बिद्यार्थीहरुले आन्दोलनको ज्वारभाटा सहित सडकमा निस्किन बाध्य हुने समेत बताएका छन ।

Nabintech