१३ बैशाख २०८१, बिहीबार
रक्तदान कार्यक्रमबाट ५७ प्वाईन्ट रगत संकलन

कोहलपुरमा उपलब्ध लायन्स क्लबहरुले बेला बेला यस्ता परोपकारी कार्यक्रम गर्दै आएको छ


  • टाइम्स संवाददाता

  • २३ मंसिर २०७९, शुक्रबार १५:१२

कोहलपुर, बांके: कोहलपुरमा उपलब्ध लायन्स क्लबहरुले आज रक्तदान कार्यक्रम सम्पन्न गरेका छन । रक्तदान कार्यक्रमबाट ५७ प्वाईन्ट रगत संकलन भएको नेपाल रेडक्रस सोसाईटि कोहलपुरका राजेन्द्र महतराले कोहलपुर टाईम्सलाई बताए ।

कोहलपुर क्षेत्रका बुद्धिजिवि, ब्यापारी, बिभिन्न सरकारी तथा गैर सरकारी कर्मचारीहरु तथा लायन्स क्लबका सदस्यहरुको सक्रिय उपस्थितीमा आयोजित रक्तदान कार्यक्रमको आयोजना लायन्स क्लब अफ कोहलपुरका अध्यक्ष राजेन्द्र प्रसाद रिजाल, लायन्स क्लब अफ सयपत्रिका अध्यक्ष शान्ति गैर, लायन्स क्लब अफ कस्तुरीका अध्यक्ष मञ्जु न्यौपाने एबं लायन्स क्लब अफ मानसरोबरका अध्यक्ष लगाएत यो समाचार तयार पार्दा सम्म ५७ जनाले रक्तदान गरेको लायन टिपि न्यौपानेले बताए ।

नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त सञ्चार केन्द्र, लियो क्लबको संयोजनमा रक्त संकलन भएको हो । रगतको अभावले कुनैपनि बिरामीले अकाल मै ज्यान गुमाउन नपरोस भन्ने हेतुले रक्तदान कार्यक्रमको आयोजना गरिएको स्थानिय ब्यापारी चिन्तामणि धितालले कोहलपुर टाईम्सलाई बताए । लायन्स क्लबको बार्षिक कार्यतालिका बमोजिम रक्तदान कार्यक्रमको आयोजना गरिएको बताईएको छ । कोहलपुरमा उपलब्ध लायन्स क्लबहरुले बेला बेला परोपकारी कार्यक्रम गर्दै आफनो सेवाको उपस्थिती जनाउने गरेको छ।

Nabintech