६ जेष्ठ २०८१, आईतवार
आजदेखि पोखरामा नेपाल लिटरेचर फेस्टिभल

  • टाइम्स संवाददाता

  • ६ पुष २०७९, बुधबार ०९:१६

काठमाडौं : पर्यटकीय सहर पोखरामा आजदेखि दशौं संस्करणको ‘नेपाल लिटरेचर फेस्टिभल’ सुरु हुँदैछ। फेवा किनारको बाराहीघाटमा ६ दिनसम्म चल्ने फेस्टिभलमा देश–विदेशका कवि, लेखक, राजनीतिज्ञ, कलाकार, सङ्गीतकर्मीलगायत गरी दुई सय बढी विशिष्ट व्यक्तिको उपस्थिति रहने आयोजक बुकवर्म फाउण्डेशनले जनाएको छ।

फेस्टिभलमा कला, साहित्य, सङ्गीत, राजनीति, अर्थतन्त्र, खेलकुदलगायत विषयमा बहस र अन्तरसम्वाद हुनेछ। पचास बढी सत्रमा सम्बन्धित क्षेत्रका विषय विज्ञ र विद्धत व्यक्ति वक्ताका रुपमा सहभागी हुने आयोजकको भनाइ छ।

फेष्टिभलमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेताहरु गगन थापा, विश्वप्रकाश शर्मा, सिके राउत, गभर्नर महाप्रसाद अधिकारी, डा भगवान कोइरालासहित विशिष्ट व्यक्ति वक्ताका रुपमा उपस्थित हुनेछन्।

Nabintech