२४ बैशाख २०८१, सोमबार
काेहलपुर नगरस्तरिय छैटाैं मेयर कप रनिङ शिल्डमा त्रिभुवन मा. वि. प्रथम

प्रतियोगितामा छात्रतर्फ उत्कृष्ट खेलाडी डायनमिक मा.वि.का प्रतीक सुनार र छात्रातर्फ उत्कृष्ट खेलाडी ग्रिन पिस मा.वि. का तुलसा दमाई


  • प्रमोद रिजाल

  • ११ पुष २०७९, सोमबार १९:०१

कोहलपुर, बांके:  पौष ८ गतेदेखि ११ गते सम्म कोहलपुरको कृष्ण मा.वि. कौशिलानगरमा आयोजित छैटौं मेयर कप तथा १५ औं राष्ट्रपति रनिङ शिल्ड कार्यक्रम सम्पन्न भएको छ । १५ बिधामा प्रतिस्पर्धा गराइएको रनिङ शिल्ड समापना समारोहमा छात्रा भलिबलमा डाइनामिक माबी प्रथम नमुना बिद्या सदन द्वितीय र कृष्ण माबी तृतीय हुन सफल भएका छन । यसपालिको शिल्ड भने त्रिभुवन मा. बि. कोहलपुरले लिन सफल भएको छ ।

माध्यामिक विद्यालय स्तरीय छैटौं मेयर कप रनिङ्गशिल्ड खेलकुद प्रतियोगिता २०७९ को उपाधी त्रिभुवन माध्यमिक विद्यालयले हात पार्न सफल भएको छ । कोहलपुर नगरपालिकाको आयोजनामा शुक्रबारदेखि सुरु भई सोमबार समापन भएको प्रतियोगितामा सामुदायिक र संस्थागत गरि ३७ वटा विद्यालयको सहभागिता रहेकोमा त्रिभुवन मा वि प्रथम हुन सफल भएको हो । प्रतियोगितामा ग्रीनपिस मा. वि. दितिय र डायनमिक मा. वि. ले तृतिय स्थान हासिल गरेका छन। यसैगरी प्रतियोगितामा छात्रतर्फ उत्कृष्ट खेलाडी डायनमिक मा.वि.का प्रतीक सुनार र छात्रातर्फ उत्कृष्ट खेलाडी ग्रिन पिस मा.वि. का तुलसा दमाई हुन सफल भईन ।

विजयी विद्यालय र खेलाडीहरुलाई कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्य,उप प्रमुख संगिता सुवेदी राखेप सदस्य एल बि क्षेत्रि,कोहलपुर नगर खेलकुद विकास समितिका बुद्दि थापा ,कोहलपुर नगर शिक्षा प्रमुख राम बहादुर हमाल लगायतले शिल्ड तथा पुस्कार वितरण गरेका थिए ।

समापनमा कोहलपुर गरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्यले प्रतियोगिता सफल पार्न सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गर्दै खेलकुदमा प्राथमिकता दिइएको बताए । नगर प्रमुख आचार्यले आगामी दिनमा खेलकुद सप्ताह राखि खेलकुदलाई आगाडीबढाउनु पर्नेमा जोड दिए ।समाहरोमा नगर उप प्रमुख संगिता सुवेदीले युवाहरु खेलकुद प्रति रुचिबढेको भन्दै सबै विद्यालयहरुलाई खेलकुदलाई प्राथमिकता दिन विद्यालयहरुलाई आग्रह गरीन।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने नाराका साथ छैठौं नगर स्तरीय मेयर कप रनिङ शिल्ड प्रतियोगिता तथा पन्ध्रौं पालिका स्तरीय रास्ट्रपति रनिङ्गशिल्ड छनौट खेलकुद प्रतियोगितामा ग्रीनपिस माबिकी छात्रा तुलसा दमाई सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन ।

तुलसा दमाईलाई नगर प्रमुख पुर्ण प्रसाद आचार्यले ब्यक्तिगतरुपमा ५१ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका छन । खेलकुदमा बिद्यार्थीहरुलाई प्रोत्साहन र प्रेरित गर्न नगर प्रमुखले ब्यक्तिगतरुपमा उक्त राशीको पुरस्कार प्रदान गरिएको नगर प्रमुखको सचिवालयले जनाएको छ ।

Nabintech