१७ बैशाख २०८१, सोमबार
 ९ केजी ३४० ग्राम चरेशसहित कैलालीमा एकजना पक्राउ

  • टाइम्स संवाददाता

  • १३ पुष २०७९, बुधबार १०:२७

कैलाली : नौ किलोभन्दा बढी चरेशसहित गोदावरी नगरपालिकास्थित बसपार्कबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ। बसपार्कस्थित एक होटलमा कोठामा जिल्ला बझाङ दुर्गाथली गाउँपालिका ७ काँडाका ३६ वर्षीय यमराज दौल्याललाई पक्राउ परेका हुन्। उनको साथबाट  प्रहरीले  ९ केजी ३४० ग्राम चरेश बरामद गरेको प्रहरीले जनाएको हो।

विशेष सूचनाका आधारमा त्यहाँ पुगेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट खटिएको  संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। बरामद गरी नियन्त्रणमा लिएको लागुऔषधबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Nabintech