१६ चैत्र २०८०, शुक्रबार
कोरोना खोप लगाउन उत्प्रेरित गर्न महिला स्वयमसेविकाहरुलाई अभिमुखीकरण

  • टाइम्स संवाददाता

  • १५ माघ २०७८, शनिबार १०:४९

 

बढ्दै गएको कोरोना नियन्त्रणका लागि उत्प्रेरित गर्ने उदेश्यका साथ बाँके युनेस्को क्लबले खजुराका महिला स्वयंसेविकाहरुलाई अभिमुखिकरण गरेको छ ।

प्लान इन्टरनेसनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा बाँके युनेस्को क्लबद्धारा संचालित कोभिड १९ रोकथाम तथा पुनस्र्थापना परियोजना अन्तरगत खजुरा गाउँपालिका वडा न.१ र २ का महिला स्वयमसेविकाहरुलाई १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।

कोविड –१९ को तेस्रो लहरको रोकथाम तथा खोप लगाउन गाउँघरमा गएर उत्प्रेरित गर्ने उद्देश्यले अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताए ।

उहाँले खजुरा गाउँपालिकाको सबै घरधुरीमा महिला स्वयमसेविकाहरुलाई परिचालन गरि घरदैलो कार्यक्रम गरेर कोरोना नियन्त्रण सम्बन्धि सचेतना फैलाउने तथा खोप लगाउन सबैलाई उत्प्रेरित गर्ने उद्देश्य रहेको बताए ।

खजुरा गाउँपालिकामा १८० जना महिला स्वयमसेविकाहरुलाई परिचालन गरि कोविड –१९ को तेस्रो लहरको रोकथाम तथा खोप लगाउन उत्प्रेरित गर्ने, पोस्टर र फ्लायर मार्फत सचेतीकरण गर्ने योजना रहेको छ ।

खजुरा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख सुदिप पौडेलले अभिमुखिकरणको सहजीकरण गर्दै कोभिड संक्रमण तिव्र गतिमा फैलिरहेकोले स्वास्थ्य मापदण्डको पालना र हरेक नागरिकले आवश्यक सबै खोप लगाउन महिला स्वयंसेविकाको भूमिका अहम हुने बताए ।

सोही योजना अन्तर्गत शुक्रवार पहिलो चरणको अभिमुखीकरण कार्यक्रममा २७ जना महिला स्वयमसेविका, स्वास्थ्य चौकीका इन्चार्ज दिपक ढकाल लगायतको उपस्थिति रहेको बाँके युनेस्को क्लबका परियोजना अधिकृत अनुप बर्माले जानकारी दिए ।

Nabintech