६ बैशाख २०८१, बिहीबार
जनमोर्चा विभाजन, कृष्णराज भए नयाँ अध्यक्ष

  • टाइम्स संवाददाता

  • १५ माघ २०७८, शनिबार १९:४३

काठमाडौं :  सत्ता गठबन्धनमा संलग्न नेकपा मसालको वैधानिक चुनावी मोर्चा राष्ट्रिय जनमोर्चा औपचारिक रुपमा विभाजन भएको छ । मोहन विक्रम सिंह, चित्रबहादुर केसी र दुर्गा पौडेलले पार्टीलाई कांग्रेसको पिछलग्गु बनाएको आरोप लगाउँदै कृष्णराज पौडेलको नेतृत्वमा विद्रोह गरी नयाँ कार्य समिति समेत गठन भएको हो ।

राष्ट्रिय जनमोर्चाको विद्रोही समूहको विशेष राष्ट्रिय भेलाले पौडेललाई केन्द्रीय समन्वय समितिको अध्यक्षमा चयन गरेको छ । सोही भेलाले उपाध्यक्षमा चिन्तामणि पौडेल, सूर्या थापा र सुरेन्द्र भण्डारी चयन गरेको जनाएको छ ।

महासचिवमा लालबहादुर जाग्री, कोषाध्यक्ष ओमबहादुर केसी र सचिव गौरीलाल कार्की चयन भएको बताइएको छ । विशेष राष्ट्रिय भेलाले ५१ सदस्यीय केन्द्रीय समन्वय समिति गठन गरेको छ । यसअघि मसालबाट विद्रोह गरेको एउटा समूह माओवादीमा समाहित भएको थियो ।

Nabintech