१५ चैत्र २०८०, बिहीबार
सशस्त्र प्रहरीद्वारा अवैध चाँदी बरामद

  • टाइम्स संवाददाता

  • २५ माघ २०७८, मंगलवार १७:२१

नेपालगञ्ज : बाँकेमा सशस्त्र प्रहरीले अवैध चाँदी बरामद गरेको छ । नेपालगञ्ज–१६ चौलिका चोकबाट लुकाईछिपाई ल्याउँदै गरेको पौने ९ लाख मूल्य बराबरको ८ किलो बढी चाँदी बरामद गरिएको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको एक भारतीय मोटरसाइकललाई शंका लागेर चेकजाँच गर्दा ५ किलो ७८५ ग्राम (ढिक्का ४ पिस) र २ किलो ५११ ग्राम (बनेको गरगहना पाउजु, औंठी) जम्मा ८ किलो २९६ ग्राम चाँदी सहित मोटरसाइकल बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्बाटर बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाट र गोविन्द विहारी शुक्लाको कमाण्डमा खटिएको टोलीले बरामद गरेको मोटरसाइकल र चाँदी आवश्यक कारवाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय बुझाइएको छ ।

उक्त चाँदीको मूल्य ८ लाख ६७ हजार ७ सय १५ र मोटरसाइकलको मूल्य ८० हजार गरी जम्मा भन्सार दाखिला मूल्य ९ लाख ४७ हजार ७ सय १५ कायम भएको सशस्त्र प्रहरीले जनाएको छ ।

Nabintech