४ जेष्ठ २०८१, शुक्रबार
लक्ष्य बहुउद्देश्यीय सहकारी संस्थाको चौथो बार्षिक साधारण सभा सम्पन्न

  • टाइम्स संवाददाता

  • २२ पुष २०७९, शुक्रबार १८:१७

कोहलपुर, बाँके : बाँकेको कोहलपुर नगरपालीका वडा नम्बर ११ मा रहेको लक्ष्य बहुउद्देश्यीय सहकारी संस्थाको चौथो बार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार एक कार्यक्रमका बीच संस्थाको साधारण सभा सम्पन्न भएको हो । संस्थाले आर्थिक बर्ष २०७८ /०७९ मा २ करोड बराबरको कारोबार गरेको छ । जसमा कुल चुक्ता शेयर पूंजी २६ लाख ३७ हजार २ सय, कुल बचत संकलन ९८ लाख ५७ हजार ७ सय आठ र कुल ऋण लगानी १ करोड २२ लाख ५३ हजार १ सय एकासी रहेको संस्थाका अध्यक्ष पुष्पराज हमालले जानकरी दिए ।

संस्थाका अध्यक्ष पुष्पराज हमालले विकास, आधुनिकिकरण, उत्पादन र यान्त्रीकरणलाई विषेश जोड दिएको बताउनु भयो । सहकारीमा अहिले ९३५ सय जना सेयर सदस्य मध्ये ६०७ महिला र ३२८ पुरुष रहेको पनि उनले जानकारी दिए । चालु आवमा १ हजार २ सय सदस्य पुरयाउने लक्ष्य सहकारीले लिएको छ ।

साधारणसभाको अवसरमा संस्थालाई सहयोग पुरयाउने विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष दिपेन्द्र चौधरीले स्वागत मन्तब्य राखेका थिए भने संस्थाका अध्यक्ष पुष्पराज हमालले बार्षिक प्रदिबेदन पेश गरेका थिए । साधारण सभामा बार्षिक कार्यक्रमको योजना सहितको प्रतिबेदन संस्थाका कोषध्यक्ष राधिका तिवारीले प्रस्तुत गरेकी थिइन ।

Nabintech