३ जेष्ठ २०८१, बिहीबार
जिल्ला सहकारि संघको ३१ औं साधारण सभा सम्पन्न

  • टाइम्स संवाददाता

  • २९ पुष २०७९, शुक्रबार १६:१४

नेपालगन्ज : जिल्ला सहकारि संघ बाँकेको ३१ औं साधारण सभा शुक्रबार नेपालगन्जमा सम्पन्न भयो ।
लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेले पानसमा दियो बाल्दै साधारण सभाको उदघाटन गर्दै सहकारिहरुको बृत्ति बिकासका निम्ति आफु अग्र पंक्तिमा रहेर काम गर्ने बताईन ।
सहकारि क्षेत्रमा सुधार गर्नुपर्ने निति नियमहरु निर्माण तहमा आफ्नो मुख्य भुमिका रहने बताउदै प्रदेश सभा सदस्य काफ्लेले सरकारको तिन खम्बे निति अनुरुप अर्थतन्त्र चल्न सके तरलता हद सम्म मथ्थर हुने बताईन ।
जिल्ला सहकारि संघका उपाध्यक्ष मिना सिग्देलको स्वागत मन्तब्य सङ्गै प्रारम्भ भएको ३१ औं साधारण सभामा केन्द्रिय कृषि सहकारि संघका देब बहादुर के.सि.,जिल्ला कृषि सहकारि संघ बाँकेका सचिव लोकेन्द्र चन्द, रास्टृय सहकारि बैंक नेपालगन्ज शाखा प्रमुख सागरनाथ योगि लगाएत अतिथिहरुले सधारण सभा सफलताको शुभकामना ब्यक्त गरेका थिय ।
साधारणसभामा अध्यक्षको तर्फबाट संघका अध्यक्ष प्रेम प्रसाद सुबेदि एबं लेखा सुपरिवेक्षण समितिको तर्फबाट खडक बहादुर वलिले आ आफ्नो प्रतिबेदन पेश गरेका थिय । प्रतिबेदनमाथि दफाबार छलफल भइ सभाले प्रतिबेदन अनुमोदन सहित पारित गरेको छ ।
जिल्ला सहकारि संघ बाँकेको मध्य पौष सम्ममा शेयर बिक्रि १ करोड १० लाख ५६ हजार २०० को गरेको छ । यहि अबधिमा ७ करोड ५४ लाख सन्ताउन्न हजार निक्षेप संकलन गरि साढे ५ करोड कर्जा लगानिमा रहेकोसंघको प्रतिबेदनमा उल्लेख गरिएको छ ।

 


जम्मा जायजेथा २९ लाख १८ हजार रहेको उल्लेखित प्रतिबेदनमा संघसग बाँके जिल्लाका ४०८ सहकारिहरुमा ३९१ वटा आबद्ध भएको उल्लेख गरिएको छ ।
संघको साधारण सभाले रिक्त दुइ सदस्य पदमा जानकि पुन र कृष्ण बहादुर रिजाललाइ पदपुर्ति समेत गरेको छ । जिल्लाका १०० बढि सदस्य संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा आयोजित कार्यक्रमको सभापतित्व जिल्ला सहकारि संघका अध्यक्ष प्रेम प्रसाद सुबेदिले गरेका थिए भने कार्यक्रमको संचालन प्रबन्ध संचालक नबराज रिजालले गरेका थिए ।

Nabintech