३ जेष्ठ २०८१, बिहीबार
काेहलपुर नगरपालिकाको बाह्रौं नगर सभा उदघाटन

काेहलपुर नगरपालिकाले समायोजन भएका स्थायी कर्मचारीहरूलाई प्राेत्साहन सुविधा उपलब्ध गराउने


  • टाइम्स संवाददाता

  • २९ पुष २०७९, शुक्रबार १६:४०

कोहलपुर, बाँके: काेहलपुर नगरपालिकाले  आफ्नो बाह्रौं नगर सभा उद्घाटन गरेकाे छ । काेहलपुर नगरपालिकाकाे बाह्रौं नगर सभाकाे आगामी बैठक माघ ५ र ६ गते वाङमय प्रतिष्ठान विधेयक २०७९ पेश गर्ने भएकाे हाे ।

त्यसै गरि काेहलपुर नगरपालिकाले समायोजन भएका स्थायी कर्मचारीहरूलाई प्राेत्साहन सुविधा उपलब्ध गराउने सम्बन्धमा व्यवस्था गर्न बनेकाे बिधेयक ,२०७९ लगाएत विधेयक पेश गर्ने भएकाे हाे ।

स्थानीय तहहरू वाङमय संरक्षण, सम्वद्र्धन तथा विकासमा उदासीन देखिएका छन्। स्थानीयताको पहिचानको आधारको रुपमा रहेको स्थानीय वाङमयको संरक्षण, सम्बर्द्धन तथा विकासमा पहिचानवादीहरू समेत सक्रिय हुन सकेका छैनन्।

भाषा र संस्कृतिलाई पहिचानको आधार मानेर वाङमयको क्षेत्रमा पहिचान खोजेका दलको नेतृत्व रहेका पालिकाहरूमा समेत वाङमय संरक्षणको पक्ष कमजोर रहेको पाइएको छ।

त्यसै गरि आज बाह्रौं नगर सभाकाे शुभकामना व्यक्त गर्दै सार्वजनिक महत्त्वका विषयमा कार्यपालिका सदस्य वडा अध्यक्ष लगाएतले धारणा राखेका छन ।

सार्वजनिक महत्त्वका विषयमा धारणा राख्दै काेहलपुर नगरपालिका वडा नं.३ का अध्यक्ष माधव रिजालले विकास विकेन्द्रीकरण हुन आवश्यक रहेकाे बताएका छन ।

रिजालले नगरपालिका मजबुत बन्न वडा बलियाे हुनुपर्ने र विकासका याेजनाहरू समेत सम्मान हुनु पर्ने ओल्याए ।

उनले भूमिहिन अव्यवस्थित सुकुम्बासीहरूकाे लागि जग्गा नापचाज कार्य तत्काल शुरू गरिनु पर्ने जस्ता विषय उठान गरेका थिए । रिजाल लगाएत अन्य ७ जना कार्यपालिका सदस्यहरूले आफ्नाे धारणा राखेका छन ।

Nabintech