३ जेष्ठ २०८१, बिहीबार
अर्घाखाँची कोहलपुर सम्पर्क समाज बाकेको दोस्रो अधिबेशन सम्पन्न

  • टाइम्स संवाददाता

  • ३० पुष २०७९, शनिबार १५:४४

कोहलपुर , बाँके: अर्घाखाँची कोहलपुर सम्पर्क समाज बाकेको दोस्रो अधिबेशन आज  शनिबार कोहलपुरमा सम्पन्न भएको छ। अधिबेशनले हिमलाल घिमिरेको नेतृत्वमा १३ सदस्यीय कार्य समिती चयन गरेको छ।

जसको बरिस्ठ उपाध्यक्ष दिपक अर्याल महासचिव निलकन्ठ घिमिरे सचीव कृष्ण गौतम र कोषअध्यक्ष एकराज घिमिरे रहेका छ्न। त्यसै गरि सदस्यहरुमा क्रमशः मेघनाथ घिमिरी,चुरामडी कोइराला ,बेदराज घिमिरे ,गङगा पोख्रेल र मधु खनाल रहेका छ्न।

१ उपाध्यक्ष र २ सदस्य पछि मनोनित रहनेगरी कार्यसमिति चयन भएको निर्बाचन संयोजक बिष्णु प्रसाद बेल्बासेले जनाए। कार्यक्रममा संविधान सभा सदस्य देबराज भार, सामाजिक अभियान्ता प्रभात सिङ्ह ठकुरी,जनार्दन पोख्रेल, बिम्मी पन्थी, लगायतले मन्तव्य राखेका थिय। कार्यक्रममा महासचिव निलकन्ठ घिमिरेले प्रगती प्रतिबेदन र आर्थिक प्रतिबेदन एकराज घिमिरेले प्रस्तुत गरेका थिय। सो अवसरमा पिकनिक तथा विभिन्न खेल खेलीएको थियो।

Nabintech