२ जेष्ठ २०८१, बुधबार
यति एयर विमान दुर्घटना : आज शव पहिचान गरि आफन्तलाई बुझाइँदै

  • टाइम्स संवाददाता

  • २ माघ २०७९, सोमबार ०९:१४

काठमाडौं : पोखरामा जहाज दुर्घटनामा परेर मृत्यु भएकाहरुको शव आजदेखि आफन्तलाई बुझाइने भएको छ।  ६३ जनाको शव अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल कुमार शाहीले जानकारी दिए।

शवको पचिहान गरेर आज आफन्तलाई बुझाइने उनले बताए। हिजो साँझ देखिएका ३ वटा शव अहिले बिहान अस्पतालमा ल्याउने तयारी भएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी शाहीका अनुसार मृतक मध्ये १७ जनाको पहिचान भएको छ। अरु शवको आज पहिचान गर्ने, पहिचान गर्न नसकिने अवस्थाका शवको डिएनए परीक्षण गरिने छ।  यति एयरको जहाज हिजो पोखराको सेती खोचमा दुर्घटनामा परेको हो। जसमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए।

Nabintech