२ जेष्ठ २०८१, बुधबार
जुम्लामा जीप दुर्घटना एक जनाको मृत्यु, ९ जना घाइते

  • टाइम्स संवाददाता

  • २ माघ २०७९, सोमबार १६:५८

सुर्खेत: जुम्लामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ। मृत्यु हुनेमा ‌पातारासी गाउँपालिका १ माथाचाैरक ४२ वर्षकी छाेर्तेन लामाकाे घटनास्थलमा मृत्यु भएको हो ।अन्य ९ जना घाइते रहेका छन्।

सोमबार अपराह्न ४ बजेको समयमा पातरासी गाउँपालिका–६ मा  ग १ ज ४०३५ नम्बरको जीप कोटा भिर भन्ने स्थानमा दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । प्रहरी पुग्नुभन्दा अगाडि नै स्थानीयले उद्धार गरी अस्पताल पठाएको जिल्ला प्रहरी कार्यकाल जुम्लाले जनाएको छ। जीप ब्याक गर्ने बेला सडकबाट ५० मिटर तल तिला नदीमा खसेको थियो ।
Nabintech