६ बैशाख २०८१, बिहीबार
नेपाल वाङ्मय परिषद धनगढीको स्रष्टा सम्मान तथा कृति लोकार्पण

  • टाइम्स संवाददाता

  • २ माघ २०७९, सोमबार १७:४२

काठमाडौं : नेपाल वाङ्मय परिषद धनगढीले स्रष्टा सम्मान तथा कृति लोकार्पण कार्यक्रम सम्पन्न गरेको छ । शनिबार काठमाडौंमा नेपाली वाङ्मय साधना सम्मान तथा पद्मा–रामचन्द्र लघुकथा सम्मान वितरण गरियो । सो कार्यक्रममा नेपाली वाङ्मय साधना सम्मान (२०७७) बाट मातृका पोखरेल, नेपाली वाङ्मय साधना सम्मान (२०७८) बाट डा. अमर गिरी, नेपाली वाङ्मय साधना सम्मान (२०७९) बाट प्राडा हेमनाथ पौडेललार्ई सम्मानित गरियो ।

त्यस्तै पद्मा–रामचन्द्र लघुकथा सम्मान (२०७९) बाट नेपाल भाषाका लघुकथाकार श्याम आशालाई सम्मानित गरियो । नेपाली वाङ्मय साधना सम्मान र पद्मा–रामचन्द्र लघुकथा सम्मानको राशी रु. १०, ००० रहेको छ । रघुनाथ कडरियाले सम्मानित प्रतिभाको जीवनी र व्यत्तित्वमाथि प्रकाश पारेका थिए । कार्यक्रमका प्रमुख अतिथि निनु चापागाईंंले सम्मान प्रदान गरेका थिए ।
कार्यक्रममा रासाले नेपाल भाषाबाट नेपालीमा अनुवाद गरेको लघुकथाकार श्याम आशाको लघुकथा संग्रह ‘अघोषित आवाज’को समेत विमोचन गरिएको थियो । नेपाल वाङ्मय परिषदका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
Nabintech