२ जेष्ठ २०८१, बुधबार
क्याप्टेन कमल केसीसहित थप ११ जनाको सनाखत

  • टाइम्स संवाददाता

  • २ माघ २०७९, सोमबार १७:५१

काठमाडौं: यती एयरलाइन्स प्रा.लिको ९–एन एएनसी एटिआर–७२ विमान दुर्घटनामा परेर ज्यान गुमाउने  क्याप्टेनसहित थप ११ जनाको सनाखत भएको छ । विमानका क्याप्टेन कमल केसीसहित हालसम्म ४२ जनाको सनाखत भएको कास्कीका एसपी अजय केसीले  बताए ।

अहिलेसम्म गायिका निरा छन्त्यालको शवको सनाखत भएको छ । डा.सुशील श्रेष्ठ र सोना दिवाकरको छोराको शवको सनाखत भएको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल (गण्डकी अस्पताल)ले जनाएको छ ।
विमानमा सवार जमुना शर्मा, शालिग्राम आचार्य, बन्दना सुनार, सीता गुरुङ, अनुषा गुरुङ, शिवकुमार गुरुङ, राजुसिंह ठकुरी, अनिल शाही र फ्रान्सेली नागरिक पास्कल एलेक्सको शव पहिचान भएको छ ।
यो पनि
 https://kohalpurtimes.com/2023/18698/
 https://kohalpurtimes.com/2023/18686/
Nabintech