५ जेष्ठ २०८१, शनिबार
वडा कार्यालयबाटै राष्ट्रिय परिचय पत्र बनाउने कार्य शुरु

  • टाइम्स संवाददाता

  • ५ माघ २०७९, बिहीबार १५:११

कोहलपुर, बांके: माघ लुम्बिनी प्रदेशको कोहलपुर नगरपालिकाको वडा न १३बाट राष्ट्रिय परिचय पत्र बनाउने काम शुरु भएको वडा न १३ का वडा अध्यक्ष डम्बर बहादुर खडकाले बताए । आफनै वडा कार्यालयबाट राष्ट्रिय परिचय पत्र पाउदा वडा बासी समेत खुसी भएका छन । दैनिक एक सय २० जनाको दरले राष्ट्रिय परिचय पत्र बनाउने काम शूरु भएको हो ।

राष्ट्रिय परिचय पत्र बनाउने , फोटो खिच्ने र फारम भर्नेहरुको वडा कार्यालयमा भिड भएको छ । राष्ट्रिय परिचय पत्र बनाउदा नागरिकता, बसाइसराई, बिवाह दर्ताको सक्कलै कागजात चाहिने वडा न १३ का वडा सचिब मिन बहादुर बिकले बताएका छन । पछिल्लो समयमा वडा कार्यालयबाटै राष्ट्रिय परिचय पत्र पाउन सकिने भएको हुनाले इलाका प्रसासन कार्यालय र जिल्ला प्रसासन कार्यालय जान नपर्ने भएको छ।

Nabintech