५ जेष्ठ २०८१, शनिबार
अवैध चोरी पैठारी नियन्त्रणमा कडाइ

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले नयाँ सरकार गठन भएलगत्तै सीमा नाकामा कडाई गरेर अवैध आयात निर्यात शून्यमा झार्ने निर्देशन आएपछि कडाई शुरु


  • टाइम्स संवाददाता

  • ५ माघ २०७९, बिहीबार १६:२२

नेपालगञ्ज : नेपालगञ्जको जमुनाहास्थित नेपाल भारत सीमा नाकाबाट हुँदै आएको अवैध चोरी पैठारी नियन्त्रणमा कडाइ गरिएको छ । सरकारको निर्देशन आएपछि नाकामा कडाइ शुरु गरेर चोरी पैठारीलाई शून्यमा झार्ने अभियान सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले नयाँ सरकार गठन भएलगत्तै सीमा नाकामा कडाई गरेर अवैध आयात निर्यात शून्यमा झार्ने निर्देशन आएपछि कडाई शुरु गरिएको बताए । उनले अवैध चोरी पैठारी रोक्न जिल्लाका विभिन्न नाकामा सशस्त्र द्वन्द्वको बेला विस्थापित भएका छोटी भन्सारलाई फेरि स्थापना गर्ने प्रक्रिया पनि शुरु गरिएको बताए ।

छोटी भन्सार नहुँदा पनि लाखौंको राजस्व चुहावट भइरहेकाले सो रोक्न पनि अतिआवश्यक रहेको प्रहरीको भनाई छ । नाकामा कडाइ गरिएपछि अवैध रुपमा भित्र्याउन खोजिएका विभिन्न सामान धमाधम प्रहरी नियन्त्रणमा लिइरहेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख एसपी सन्तोषसिंह राठौरले बताए । उनले तीन दिनमै पाँच लाखभन्दा बढीको अवैध कपडा बरामद गरिएको बताए ।

Nabintech