५ जेष्ठ २०८१, शनिबार
लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले पाए विश्वासको मत

विपक्षमा नेपाली कांग्रेसको २७, राष्ट्रिय जनमोर्चाको १ समेत गरी २९ जनाले मतदान गरेका छन


  • टाइम्स संवाददाता

  • ५ माघ २०७९, बिहीबार १७:३६

लुम्बिनी : लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री लीला गिरीले विश्वासको मत पाएका छन्।  प्रदेशसभाको बिहिबार दिउँसो बसेको बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिएका हुन्। नेपालको संविधानको धारा १८८ को उपधारा ९१० तथा लुम्बिनी प्रदेश नियमावली २०७९ को नियम १४५ को उपनियम ९४० बमोजिम उनले विश्वासको मत लिए। ८ राजनीतिक दल र २ जना स्वतन्त्र सांसद गरी ५७ जनाले पक्षमा मतदान गर्दै गिरीलाई विश्वासको मत दिएका हुन्।

मुख्यमन्त्री गिरीलाई नेकपा एमाले २९, नेकपा माओवादी केन्द्रका ८, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४/४, जसपा, लोसपा र जनमतका ३/३, नेकपा एकीकृत समाजवादीका १ जना र २ स्वतन्त्र सांसदसहित ५८ जनाले पक्षमा मतदान गरेका हुन्।

नेकपा माओवादी स‌ंसदीय दलका नेता जोखबहादुर महराको आमाको निधन भएकाले उनी उपस्थित भएनन्। सभामुख मतदानमा सहभागी भएनन्। जसले गर्दा विश्वासको पक्षमा ५७ र विपक्षमा २८ मत खस्यो। सरकार गठनमा पक्षमा नरहेको एकीकृत समाजवादी पार्टीका प्रदेशसभा सदस्य भगवती घिमिरेले विश्वासको मत भने मुख्यमन्त्री गिरीलाई दिइन्।

विपक्षमा नेपाली कांग्रेसको २७, राष्ट्रिय जनमोर्चाको १ समेत गरी २९ जनाले मतदान गरेका छन्। सभामुख र उपसभामुख निर्वाचनमा समर्थन गरेका नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चा विपक्षमा उभिए। मुख्यमन्त्रीले कुनै पनि बखत आफूमाथि विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त मानेमा विश्वासको मतका लागि प्रदेशसभासमक्ष प्रस्ताव राख्ने सक्ने प्रावधान संविधानमा छ।

मुख्यमन्त्री गिरीले प्रदेशलाई समृद्ध बनाउन साझा उद्देश्यका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। ‘प्रदेशको समृद्धि र विकास हामी सबैको साझा लक्ष्य उद्देश्य हुन्‚’ उनले भने‚ ‘त्यसलाई अघि बढाउने छु। सबै दललाई मिलाएर अघि बढ्ने प्रयास गर्नेछु।’

Nabintech