५ जेष्ठ २०८१, शनिबार
उपसभामुखको उम्मेदवारी दर्ता आज, निर्वाचन भोलि

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई निर्वाचन अधिकृत तोकिएको छ


  • टाइम्स संवाददाता

  • ६ माघ २०७९, शुक्रबार ०६:५३

काठमाडौं : उपसभामुखका निर्वाचनका लागि शुक्रबार मनोनयन दर्ता हुँदैछ। मनोनयन दर्ताका लागि संघीय संसद् सचिवालयले दिउँसो १ देखि अपराह्न ४ बजेसम्मको समय निर्धारण गरेको छ।

‘प्रतिनिधिसभा सदस्यलाई उपसभामुख पदमा निर्वाचित गरियोस्’ भनी प्रतिनिधिसभा नियमावली २०७५ को नियम ८ को उपनियम २ बमोजिम प्रस्तावको सूचना दर्ता आज हुने सचिवालयले जनाएको छ। सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार शुक्रबार सवा ४ बजे मनोनयन दर्ताको अन्तिम नामावली प्रकाशन हुनेछ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई निर्वाचन अधिकृत तोकिएको छ। उपसभामुखको निर्वाचन माघ ७ गते शनिबार दिउँसो १ बजे बस्ने बैठकमा हुने योगीले जानकारी दिए।

उपसभामुखका लागि सत्ता साझेदार दलले रास्वपाका सांसद सोविता कार्कीलाई उम्मेदवार बनाउने तयारी गरेको छ।  सत्ता गठबन्धन बाहिर रहेको र सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले निर्णय गरिसकेको छैन। प्रतिनिधिभा सभामुखमा बिहीबार एमालेका सांसद देवराज घिमिरे निर्वाचित भइसकेका छन्।

 

Nabintech