१४ बैशाख २०८१, शुक्रबार
अन्तरास्ट्रिय खुला कविता प्रतियोगिता सम्पन्न

  • टाइम्स संवाददाता

  • ७ माघ २०७९, शनिबार ००:१६

भैरहवा: प्रश्रित प्रतिष्ठान नेपाल रुपन्देहीले २०७९ माघ ६ गते भर्चुअल माध्यमबाट अन्तर्राष्ट्रिय खुला कविता प्रतियोगिता सम्पन्न गरेको छ । प्रा.डा. कपिलदेव लामिछानेको अध्यक्षता, पुण्यप्रसाद खरेलको प्रमुख आतिथ्य र मोदनाथ प्रश्रितको विशिष्ट आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा देश र विदेशमा रहनुभएका कविहरुको उपस्थिति रहेको थियो ।

उक्त प्रतियोगितामा डिल्लीराज भट्टराई, डा. नारायण पन्थ, अजित खनाल, ईश्वरी पोख्रेल, कृष्ण बस्याल, सीता काफ्ले, सरु ज्ञवाली, सीताराम घिमिरे, तिलक लामिछानेको सहभागिता रहेको थियो । कार्यक्रममा कविहरु विष्णु घर्ती, तिला लेकाली मोरङ, ललिता दोषी काठमाडौँ, किशन पौडेल हेटौडा, कमल पोख्रेल रुपन्देही, एस बि प्रगति, यज्ञलाल सुवेदी रुपन्देही, नारायण खनाल अर्घाखाँची, सुबास रिजाल रुपन्देही, आर बी निश्चल, जीवनहरि शर्मा इलाम, जलदीप सापकोटा, काठमाडौँ, विष्णुप्रसाद बस्याल अर्घाखाँची, जोशिका कँडेल कपिलवस्तु, कृष्णप्रसाद पाण्डे, कपिलवस्तु, कृष्ण गाउँले रुपन्देही, सिर्जना खनाल भैरहवा, रचना शर्मा चितवन, उपेन्द्र अधिकारी, नूतन तिमिल्सिना काठमाडौँ, पुष्कर रिजाल बाँके, योगेन्द्र पौडेल, लक्ष्मण अधिकारी असम, भारत, शंकर ढकाल, पाल्पा, निमा पौडेल, नवलपुर, दीप पाण्डे स्याङ्जा, प्रीति आत्रेय कम्बोडिया, विनायक पन्त ललितपुर, कृतिका लौडारी हेटौडा, सुलभ अधिकारी नवलपरासी, गुराँस ठकुरी महेन्द्रनगर, पदम बहादुर कार्की, प्रतिमा के.सी. बेलायत, सुशीला शर्मा काठमाडौँ, रञ्जु गौतम , रुपन्देही, स्वस्तिका बानियाँ, अभिषेक ओझा बारा, लक्ष्मी पाण्डे, शिरीष बन्जाडे कपिलवस्तु, सरोजप्रसाद साह, दुर्गाप्रसाद श्रेष्ठ, ज्ञानेन्द्र ढुंगाना, प्रकाश नेपाली , डा. निष्ठा पौडेल दुबईबाट सहभागिता रहेको थियो ।

प्रतियोगितामा विशिष्ट मोदनाथ प्रश्रितले शुभकामना मन्तव्य दिनुभएको थ्यिो भने कविता पौडेलले गीतसँगै धन्यवाद मन्तव्य दिनुभएको थियो । कार्यक्रममा कलकत्ताबाट नारायण हुमागाई, कम्बोडियाबाट प्रीति आत्रेय ज्ञवाली, र सल्लाहकार विजय सागर लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

प्रतियोगितामा विनायक पन्त ललितपुर प्रथम, पुष्कर रिजाल बाँके द्वितीय र गुराँस ठकुरी महेन्द्रनगर तृतीय हुनुभएको थियो । प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः सात हजार, पाँच हजार र तीन हजार ्नगद पुरस्कार र प्रमाण पत्र प्रदान गरिएको थियो ।

प्रतियोगिताको निर्णयकमा प्रा.डा. यदुनन्दन उपाध्याय (पोखरा), रुद्र ज्ञवाली (भैरहवा), कविराज पौडेल (बुटवल) रहनुभएको थियो । सस्थाका उपाध्यक्ष प्रा.डा. गितु गिरीले स्वागत मन्तव्य दिनुभएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव डा. शालिकराम पौड्यालले गर्नुभएको थियो ।

Nabintech