८ बैशाख २०८१, शनिबार
राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालय कौशिलानगर बाँकेमा ५२८ जना विद्यार्थीहरु दिक्षित (फोटो फिचर)

राष्ट्रिय सेवा दलले आफ्नो स्थापनाकालदेखि हालसम्म ६३ हजार ३४१ जना क्याडेट छात्रछात्राहरुलाई तालिम गराई सकेको छ


  • टाइम्स संवाददाता

  • १० माघ २०७९, मंगलवार १८:४०

कोहलपुर, बांके: राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालय कौशिलानगर बाँकेमा सि.सं. ४८ जुनियर एनसिसीका ५२८ जना विद्यार्थीहरु दिक्षित भएका छन् । राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालयमा आज आयोजित दिक्षान्त कवाज कार्यक्रममा उनीहरुलाई उत्तरपश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी हिरालाल जोशीले दिक्षित गरेका थिए ।

११ जिल्लाका १५ वटा विद्यालयका ५ सय २८ जना विद्यार्थीहरुलाई दिक्षित गरिएको गरिएको त्यसक्रममा उपरथी जोशीले जानकारी दिनुभयोे । लुम्विनी प्रदेशका नवलपरासी, पूर्विरुकुम, दाङ र बर्दिया, कर्णाली प्रदेशका रुकुमपश्चिम, हुम्ला र सुर्खेत तथा सुदूरपश्चिम प्रदेशका डडेलधुरा, बैतडी, बाजुरा र कञ्चनपुरका २६५ जना छात्र र २६२ जना छात्रा सहभागी भएका थिए । राष्ट्रिय सेवा दलले आफ्नो स्थापनाकालदेखि हालसम्म ६३ हजार ३४१ जना क्याडेट छात्रछात्राहरुलाई तालिम गराई सकेको छ ।

दिक्षान्त कवाज कार्यक्रमलाई सम्वोधन गर्दै उत्तरपश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी हिरालाल जोशीले दिक्षित विद्यार्थीहरुलाई राष्ट्रिय एकताको भावनाप्रति प्रेरित हुन सुझाव दिए । विद्यार्थीहरुलाई अनुशासित, इमान्दारिता र बफादारितामा अडिक हुन सुझाव दिँदै विकास र समाजसेवाप्रति प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिए ।

उनले राष्ट्रिय एकता र सदभावका लागि कहिकतै नडकमगाउन पनि सुझाव दिए । आजका युवा भोलिका कर्णधार हुन भन्ने युक्तिलाई आत्माथ गरी अनुशासन, ईमान्दारिता, बफादारिता र युवाहरुमा नेतृत्व क्षमताको विकास गर्दै राष्ट्रिय एकताको मालामा उन्ने उद्देश्यका साथ सरकारले राष्ट्रि कार्यक्रम तर्जुमा गरी नेपाली सेनालाई यो तालिम गर्ने जिम्मेवारी राष्ट्रिय सेवा दल दिएको हो ।

दिक्षान्त कवाज समारोहमा कोहलपुर नगरपालिकाका नगर उपप्रमुख संगिता सुवेदी, सैनिक अस्पताल नेपालगन्जका सहायक रथी नम्रता रावत, श्री ४ नं. बाहिनी अड्डा नेपालगन्जका सहायक वाहिनीपति उमेश कार्की, कर्णाली प्रदेश तालिम केन्द्रका प्रमुख शुसिल सिंह राठोर, इपिसेन्टर नेपालगन्जका कार्यालय प्रमुख ईन्द्रबहादुर शाह, अर्जुनवाण गण ओभरी बाँकेका गणपति अशोक खड्का, देविदत्त गण ठाकुरद्धारा बर्दियाका गणपति हिमालय थापा, बज्रदल गण नेपालगन्जका गणपति श्याम आत्रेय पौडेल, बाँकेका एसपी सन्तोषसिंह राठोरलगायतको उपस्थिति रहेको थियो ।

त्यसक्रममा तालिममा सर्वोउत्कृष्ट क्याडेटहरुलाई उत्तरपश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी जोशीले पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए । हिंजो साँझ शिक्षालयमा आयोजित सांस्कृतिक साँझमा क्याडेट विद्यार्थीहरुले आआफ्नो भुषभुषामा नृत्य प्रस्तुत गरेका थिए ।

Nabintech