२२ बैशाख २०८१, शनिबार
चौधरी झुन्डिएको अबस्थामा

  • टाइम्स संवाददाता

  • ११ माघ २०७९, बुधबार ०७:४३

कोहलपुर, बांके: कोहलपुर नगरपालिका वडा नं. १० बिद्यानगरमा एक जना आफनै कोठाभित्र झुन्डिएको अबस्थामा फेला परेका छन ।
बिद्यानगरमा डेरा गरि बस्ने बर्दिया बढैयाताल गाउ विकास समिती वडा नं. ४ दक्षिण भकारीका २८ बर्षिय जगेन्द्र चौधरी झुन्डिएको अबस्थामा झयालको चरबाट देखेपछि स्थानियहरुले प्रहरीलाई खबर गरेका थिए ।

मंगलबार सांझ मदिरा सेवन गरी पत्नि जमुना चौधरीसंग सामान्य झै झगडा भएको र निजको पत्नि सोहि घरमा डेरागरि बस्ने अर्को केटि साथीको कोठामा सुत्न गएपछि एकलै रहेका जगेन्द्रले आत्महत्या गर्न पंखामा पासो लाएको हुन सक्ने प्रहरीले आशंका गरेका छ ।
घटनास्थल पुगेको प्रहरीले निज चौधरीको परीवारका आफन्त नआउदा सम्म सो कोठा नखोल्ने गरी निज भुन्डिएको कोठा र चार किल्ला निशेध गरेको छ भने प्रहरीले प्रारम्भिक अनुसन्धान तथा मुचुल्कासगै  घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Nabintech