८ बैशाख २०८१, शनिबार
प्रेम आचार्यको परिवारसँग गृहमन्त्रीको भेट

  • टाइम्स संवाददाता

  • ११ माघ २०७९, बुधबार १६:५१

काठमाडौं : संसद भवन अगाडी आत्मदाह गरेर मृत्यु भएका इलामका प्रेमप्रसाद आचार्यको परिवारसँग उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले भेट गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा आत्मवृत्तान्तसहितको सुसाइट नोट लेखेर इलाम पञ्चकन्या–६ का आचार्यले मङ्गलबार दिउँसो  शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गर्नुभएको थियो । त्यसलगत्तै प्रहरीले उहाँलाई कीर्तिपुरस्थित बर्न अस्पताल पुर्‍याएको थियो ।

आचार्यको शरीरको ८० प्रतिशतभन्दा बढी भाग जलेको थियो । कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा उपचारका क्रममा उहाँको मृत्यु भएको हो । बुधबार दिउँसो अस्पताल पुगेर गृहमन्त्री लामिछानेले आचार्यका परिवारलाई भेटेर कुराकानी गर्नुभएको हो ।

Nabintech