११ बैशाख २०८१, मंगलवार
सिर्जनशिल बाल क्लबले माघ १६ गते वादविवाद प्रतियोगिता गर्ने

  • टाइम्स संवाददाता

  • ११ माघ २०७९, बुधबार १७:२५

नेपालगञ्ज: सिर्जनशिल बाल क्लब नेपालगञ्जको आयोजनामा तथा बास नेपाल ईकाइ वडा नं २० को सहकार्य तथा नेपालगञ्ज उपमहानगरपालिका वडा नं २० को समन्वयमा यही माघ १६ गते सहिद दिवसका अबसरमा ”धन भन्दा विधा ठुलो” बिषयक वादविवाद प्रतियोगिताको आयोजना गरेको छ ।


बिद्यालय स्तरमा अध्यनरत छात्र छात्राहरुले सहभागिता जनाउन सक्ने उक्त वादविवाद प्रतियोगितामा प्रथम हुनेलाई नगद २ हजार र प्रमाण पत्र प्रदान गरिने छ भने द्धितीय र तृतीय हुनेलाई क्रमश रु १ हजार , पाच सय पच्पन्न् तथा प्रमाण पत्र रहेको सिर्जनशील बाल क्लबका अध्यक्ष महेन्द्र ढुङ्गानाले कोहलपुर टाईमसलाई जानकारी दिए ।

सहिद दिवसका अबसरमा देशका निम्ति ज्यानको आहुती दिने सहिदहरुको सम्मान गर्दै बालबालिकाको तर्क गर्ने क्षमताको विकास गर्न वादविवाद प्रतियोगिताको आयोजना गरिएको भन्दै अध्यक्ष महेन्द्र ढुङ्गानाल कार्यक्रमलाई सहयोग गर्न सम्बन्धित ब्यक्ति तथा सघं सस्थाहरुलाई आब्हान समेत गरेका छन ।

 

Nabintech