२२ बैशाख २०८१, शनिबार
शहीद सप्ताहको चौथो दिन, आज धर्मभक्तको सम्झना

माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा मृत्युदण्ड दिइएको थियो


  • टाइम्स संवाददाता

  • १३ माघ २०७९, शुक्रबार ०८:३१

काठमाडौं : शहीद सप्ताहको चौथो दिन शुक्रबार शहीद धर्मभक्त माथेमाको शालिकमा माल्यार्पण गरिँदैछ। प्रजातन्त्र प्राप्तिका लागि माथेमाले अमरत्व प्राप्त गरेको ठाउँ सिफल उकालोमा रहेको शालिकमा पुष्पगुच्छा अर्पण  गरी उनको सम्झना गर्न लागिएका हो।

काठमाडौं महानगरपालिकाले अहिले सो स्थानमा श्रद्धाञ्जलि सभा आयोजना गर्दैछ। श्रद्धाञ्जलि सभामा शहीद परिवारका सदस्य, काठमाडौं महानगरका प्रमुख, उपप्रमुख तथा पदाधिकारीको उपस्थिति रहने महानगरका सहप्रवक्ता दिपक अधिकारीले जानकारी दिए।

जहानियाँ राणाशासनको विरोध गर्दा वि.सं १९९७ माघ १० गते शुक्रराज शास्त्रीलाई काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा मृत्युदण्ड दिइएको थियो।

अमर शहीदको सम्झनामा २०१२ सालदेखि तत्कालीन काठमाडौं नगरपालिकाको संयोजनमा शहीद सप्ताह तथा दिवस मनाउने गरिएको छ। सप्ताहको अन्तिम दिन अर्थात् माघ १६ गते शहीद दिवस मनाइन्छ।

 

Nabintech