१४ बैशाख २०८१, शुक्रबार
टाइगर कप भलिबलको फाइनल आज

  • टाइम्स संवाददाता

  • १४ माघ २०७९, शनिबार ०९:३९

काठमाडौं : पोखरामा जारी टाईगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिप भलिबल प्रतियोगिता आज सम्पन्न हुने भएको छ। प्रतियोगितामा महिला तथा पुरुष दुवै तर्फका फाइनल खेल आज हुँदैछन्। बिहान ११ बजे महिलाको फाइनल खेल हुनेछ । महिलातर्फ उपाधिका लागि दुई विभागीय क्लव आर्मी र एपिएफ खेल्दैछन्। एपीएफले आयोजक गण्डकी र आर्मीले न्यु डायमन्डलाई पराजित गर्दै फाइनलको भिडन्त पक्का गरेका हुन्।

यस्तै दिउँसो साढे १ बजे पुरुष भलिबल तर्फको उपाधिका लागि विभागीय क्लव आर्मी र आयोजक गण्डकी प्रदेश भिड्दैछन्। हिजो भएको सेमिफाइनल खेलमा एपीएफले नेपाल पुलिस र गण्डकीले त्रिभुवन आर्मी क्लवलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका थिए।

अहिले केहीबेरमा पुरुषतर्फको तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुँदैछ। तेस्रो स्थानका लागि दुई विभागीय क्लव त्रिभुवन आर्मी र नेपाल पुलिस खेल्दैछन्।

महिला–पुरुष दुवैतर्फका च्याम्पियन टोलीले पाँच–पाँच लाख रुपैयाँ नगद प्राप्न गर्नेछन्। उपविजेता टोलीले समान दुई लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। तृतीय हुने टोलीलाई एक लाख २५ हजार र सान्त्वना हुने टोलीलाई नगद रु ६५ प्रदान गरिनेछ।

Nabintech