१६ चैत्र २०८०, शुक्रबार
बाँकेमा तीन दिने राष्ट्रिय थारु साहित्य सम्मेलन हुने

  • टाइम्स संवाददाता

  • १४ माघ २०७९, शनिबार १७:१२

नेपालगञ्ज : बाँकेमा तीन दिने थारु साहित्य सम्मेलन हुने भएको छ । यही माघ २० देखि २२ गतेसम्म सातौं राष्ट्रिय थारु साहित्य सम्मेलन हुने भएको हो ।

थारु लेखक संघ नेपाल बाँके र थारु गोचाली समाज नेपाल राप्तीसोनारीले शनिवार नेपालगञ्जमा पत्रकार सम्मेलन गरेर राप्तीसोनारी गाउँपालिका–६ सिधनवामा सम्मेलन गर्न लागिएको बताएको हो । सम्मेलनमा थारु भाषा, साहित्य, कला, संस्कृति, परम्परा लगायतका विषयमा छलफल र बहस हुने थारु लेखक संघका केन्द्रीय सदस्य शेखर दहितले जानकारी दिए ।

सम्मेलनमा आएका पाहुनाहरुलाई राप्तीसोनारी र नरैनापुरमा रहेका पर्यटकीय क्षेत्रहरु बर्फानीबाबा, सन्तानेश्वर, भुवरभवानी, सिक्टा नहर मूल बाँधको अवलोकन गराउने कार्यक्रम रहेको स्थानीय आयोजक थारु गोचाली समाज नेपाली राप्तीसोनारीका महासचिव कालुराम समर्पणले जानकारी दिए ।

Nabintech