८ बैशाख २०८१, शनिबार
नरैनापुरवासिले गरे सांसद ढकालसंग संबाद (फोटो फिचर)

  • टाइम्स संवाददाता

  • १४ माघ २०७९, शनिबार १८:१६

नरैनापुर, बांके: बांके क्षेत्र नं. १ का माननिय संघिय सांसद सुर्य प्रसाद ढकालको आयोजनामा शनिबार बांकेको नरैनापुरमा नरैनापुरको विकासमा साझा धरणा र प्राथमिकताका क्षेत्रहरु बिषयक विकास संबाद कार्यक्रम सम्पन्न भएको छ ।

नरैनापुरका किसान, समाजसेवी, शिक्षापे्रमी, राजनितिज्ञ लगाएत सयौको संख्यामा उपस्थित जनताहरुले उक्त कार्यक्रममा संघिय सांसद समक्ष नरैनापुरको दिगो विकासका निम्ति बिभिन्न संभावनाका परियोजनाहरुको मार्गचित्र प्रस्तुत गरेका छन ।

बघौडा, सुईया र बिभिन्न खहरे खोलाहरुले पार्ने समस्यालाई दिगो रुपमा समाधान गर्न आग्रह गरेका जनताले नरैनापुरलाई ब्यापारीक सानो नाकाको रुपमा बिकसित गर्दै लैजान पहल कदमी गर्न माननिय ढकाल समक्ष आग्रह गरे ।

प्रतिनिधिसभा सदस्यमा विजय पश्चात आयोजित औपचारीक कार्यक्रमलाई सम्बोधन गर्दै सांसद ढकालले सो अबसरमा सहभागिबाट उठेका मुद्धाहरुबारे सम्बोधन गर्दै नरैनापुरको शिक्षा, स्वास्थ्य, आर्थिक, सामाजिक, धार्मिक विकासमा आफु सदा संबेदनशिल भएको औंल्याउदै नरैनापुरलाई बागेश्वरी मन्दिरसंग धार्मिक करिडोरका रुपमा विकसित गर्ने र आन्तरीक पर्यापर्यटनलाई चलाएमान गराउदै नरैनापुरलाई आर्थिक हबका रुपमा लैजान आफुले चाहेको बताए ।

औधोगिक सम्भावना अधिक रहेको नरैनापुरमा औधोगिक ग्रामकारुपमा लिने र नरैनापुरलाई बैजापुर हुदै मुख्य पुर्वपश्चिम राजमार्ग सम्म जोडने अठोट ब्यक्त गरे । नरैनापुरका युवाहरुमा केहि गरौ भन्ने भावना अति नै भएको चर्चा गर्दै सांसद ढकालले कृषिमा सिंचाई, बिउ बिजन र बजारीकरण सहितको कृषि कार्यक्रमसंग युवालाई जोडन आफुले पहल गर्ने बताए ।

बांकेको जुम्ला भनेर चिनिने नरैनापुरलाई आफुले सुगम भएको हेर्न चाहेको बताएका ढकालले यहाको अनेकन विकासमा आफनो साथ सदन र सडकमा भईरहेने चर्चा गरे ।  कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य बसन्ति अधिकारी , नेकपा एमालेका जिल्ला तथा प्रदेश स्तरीय नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

Nabintech