८ बैशाख २०८१, शनिबार
रविले पुनः लिए नेपाली नागरिकता

नागरिकता पाएसँगै रविलाई सभापतिमै चयन गर्ने तयारी,बाेलायाे केन्द्रीय समितिको बैठक


  • टाइम्स संवाददाता

  • १५ माघ २०७९, आईतवार १४:१९

काठमाडौं: रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । उनी आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर नागरिकताको प्रमाणपत्र लिएका हुन् । लामिछानेका सचिवालय प्रमुख दीपक बोहराले सर्वोच्चको आदेश अनुसार लामिछानेको पुन: नागरिकता कायम भएको बताए ।

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रबार रवि लामिछानेको सांसद पद खारेज गरेको थियो । यससँगै उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पद पनि गुमाएका थिए ।

त्यसैले उनी अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका थिए ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायाले लामिछानेले नागरिकता ऐन २०६३ को दफा ११  र नागरिकता नियमावलीको नियम ११ बमोजिम कागजात पेश गरेपछि नागरिकता प्रदान गरिएको बताए ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट रवि लामिछानले पुनः नागरिकता लिएसँगै राष्ट्रिय स्वतन्त्र पाार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । रविले नेपाली नागरिकता लिएसँगै पार्टीले अाकस्मिक बैठक बाेलाएकाे हाे ।

दिउँसो साढे ३ बजे बोलाइएको बैठकले रविलाई पुनः सभापति बनाउने तयारी रहेकाे छ । शुक्रबार मात्रै रास्वपाले कार्यवाहक सभापतिको जिम्मेवारी डोलप्रसाद अर्याललाई दिएको थियो ।

यसअघि नेपाली नागरिकता लिएर सो नागरिकता त्यागी अमेरिकी नागरिकता लिनुभएका उहाँले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिनुभएकाे थिएन ।

उहाँविरुद्ध नेपाली नागरिकता नलिएकाे भन्दै सर्वाेच्च अदालतमा मुद्धा दायर भएकाे थियाे । उहाँले गत सम्पन्न आम निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट चुनाव जितेर उपप्रधानसहित गृहमन्त्री बन्नुभएको थियो । तर,सर्बोच्चले अन्तरिम आदेश जारी गर्दै उहाँ नेपाली नागरिक नभएको ठहर गरेको थियो ।

Nabintech