१३ बैशाख २०८१, बिहीबार
राप्ती आँखा अस्पतालमा पहिलोपटक डेढो आँखाको सफल शल्यक्रिया

प्यारालाइसिस भएर, आँखाको पर्दामा समस्या छ भने पनि आँखा डेढो हुने गर्छ


  • टाइम्स संवाददाता

  • १५ माघ २०७९, आईतवार १४:३०

दाङ : नेपाल नेत्रज्योति संघ राप्ती आँखा अस्पतालमा डेढो आँखाको उपचार संगै शल्यक्रिया सेवा समेत सुरु भएको छ । पहिलोपटक अस्पतालमा तुलसीपुर–४ निवासी नौमति खड्काको डेढो आँखाको शल्यक्रिया भएको बाह्य कार्यक्रम संयोजक शालिकराम गौतमले जानकारी दिए ।

५२ बर्षीय खड्काको सानो उमेरमा चोट लागेर आँखा डेढो भएको थियो । उनको आँखा कानतिर फरकेको र आँखा करिव ९० डिग्रीमा रहेको थियो । तर उपचार पछि उनको आँखा सोझो भएको छ । बाल नेत्ररोग विशेषज्ञ डा.निता सुनाम सहितको प्राविधिक टोलिले शल्यक्रिया गरेको हो । घर आगनमै सर्वसुलभ रुपमा आफ्नो आँखाको उपचारभएपछि आफु खुसी भएको खड्काको भनाई छ ।

त्यस्तै डा. सुनामले पहिलो पटक डेढो आँखाको शल्यक्रीया भएकोभन्दै कम खर्चमा राप्ती आँखा अस्पतालमै शल्यक्रिया भएको भन्दै अव विरामीहरुलाई सहज हुने बताए । उनले वच्चा तथा अन्य कोेहिकसैको यस्तो डेढोआँखा छ भने अस्पतालमा आई उपचार तथा परामर्श सेवा लिन समेत आग्रह गरे । डाक्टरका अनुसार कुनै पनि वस्तुलाई एउटा आँखाले सिधा र अर्को आँखाले बाङ्गो हे¥यो भने त्यस्तो अवस्थालाई डेढो आँखा भन्ने गरिन्छ। ।

आँखा डेढो हुनुको मुख्य कारण , जेनेटिक कारण, बच्चा जन्मँदा आँखाको नशामा चोट लागेको छ भने पनि डेढोपन हुने गर्छ। त्यस्तै चोटपटक लागेर वा कुनै रोगको कारणले आँखाको मांसपेसी कमजोर भई डेढोपन हुने डाक्टर सुनामको भनाई छ ।

त्यस्तै प्यारालाइसिस भएर, आँखाको पर्दामा समस्या छ भने पनि आँखा डेढो हुने गर्छ। यसको उपचार सुरुमा के कारणले आँखा डेढो भएको हो पत्ता लगाउनुपर्छ। कारण पत्ता लगाएपछि त्यहीअनुसार उपचार गर्न सहज हुने डाक्टर सुनामको भनाई छ । हाम्रो समाजमा डेढो आँखा भएका बच्चा जन्मिए भने भाग्यमानी हुन्छन् भन्ने अन्धविश्वास छ भने केहिलाई डेढो भनेर जिस्याउने समेत गरेका छन् । यही अन्धविश्वासका कारण बेलैमा उपचार नगर्दा धेरै बच्चामा एउटा आँखाको दृष्टि कम हुने गरेको छ ।

तर विस्तारै नसुहाउने र अरुले जिसक्याउने भएपछि आँखा डेढो भएको व्यक्ति तथा बच्चा ठूलो भएपछि आफैं उपचार गर्न आउँने संख्या पनि धेरै छ । तर बच्चा बचिहरुको समयमै उपचार गर्न नआउँदा एउटा आँखाको दृष्टि कम भइसकेको समेत हुने गरेको छ । बाल नेत्ररोग विशेज्ञद्वारा डेढो आँखाको उपचार तथा शल्यक्रिया, अल्छी आँखाको जाँच तथा उपचार, बालबालिको आँखाको दृष्टिदोषको जाँच, उपचार र बालबालिकाको मोतियाविन्दुको शल्यक्रिया तथा न्यूनदृष्टिसम्बन्धी जाँच तथा परामर्श सेवा दिने गरेको दृष्टि विशेषज्ञ ओमप्रकास यादवले जानकारी दिए ।

Nabintech