१२ बैशाख २०८२, शुक्रबार
सहिद दिवसका अबसरमा बागेश्वरी क्याम्पसमा दिप प्रज्वलन

  • टाइम्स संवाददाता

  • १७ माघ २०७९, मंगलवार १३:२५

कोहलपुर, बांके: अनेरास्ववियु बागेश्वरी बहुमुखी क्याम्पस कमिटीद्वारा सहिद दिवसको अबसरमा बागेश्वरी बहुमुखि क्याम्पसको प्रांगणमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । मंलगलबार सांझ अनेरास्ववियुका केन्द्रिय तथा जिल्ला स्तरीय बिद्यार्थी नेताहरुको उपस्थितीमा दिप प्रज्वलन गर्दै देशका निम्ति आहुती दिने वीर सहीदहरुको स्मरण गरिएको आयोजक अनेरास्ववियु बागेश्वरी बहुमुखी क्याम्पस कमिटीले जनाएको छ ।

सो अबसरमा बोल्दै अनेरास्ववियु केन्द्रिय कमिटीका सचिव सुर्य रोकायले सहिदहरुले देखेको सपना साकार पार्न बिद्यार्थीहरुको अहम भुमिका हुने भन्दै राज्यका हरेक तहहरुलाई बिद्यार्थीहरुले खबरदारी गर्नुपर्ने धारणा राखे । उन्ले राज्य ट्रयाक बाहिर जान लागे सडकबाट खबरदारि गरेर सहिदहरुको सपनाहरुको स्मरण गराउनुपर्ने धारणा राखे ।

Nabintech