१३ बैशाख २०८१, बिहीबार
सांसद चौधरी बांकेको कोहलपुरबाट पक्राउ

आफ्नो सांसद पक्राउ परेपछि रन्जिताले लेखिन्- सरकारलाई हाम्रो समर्थन चाहिँदैन रहेछ!


  • टाइम्स संवाददाता

  • १९ माघ २०७९, बिहीबार १५:१६

कोहलपुर, बाँके :प्रतिनिधि सभा सदस्य तथा नागरिक उन्मुक्तिका सचेतक अरुणकुमार चौधरी पक्राउ परेका छन्। फरार प्रतिवादीको सूचीमा रहेका चौधारी बाँकेमा बिहीबार पक्राउ परेका हुन्। चौधरीलाई कोहलपुरमा समातिएको खबर आएको सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डिआइजी अशोक सिंहले जानकारी दिए।अहिले उनलाई पक्राउ गरेर कैलाली ल्याउन लागेको प्रहरीले जनाएको छ।

चौधरी संसदीय निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेर कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए। उनै प्रतिनिधि सभा सदस्य चौधरी विगत १० वर्षदेखि प्रहरीको फरार सूचीमा रहेका थिए।

उनलाई ट्याक्टर जलाएको सरकारीवादी फौजदारी मुद्दामा जिल्ला अदालत कैलालीको फैसलाले करिब १० वर्ष पहिले ६ महिना कैद तोकेको थियो। तर, अदालतको उक्त फैसलाअनुसार उनले कैद सजाय भुक्तान नगरी फरार बनेका थिए। त्यसपछि उनी चुनाव लडेर अहिले प्रतिनिधि सभा सदस्य बनेका हुन्।

गरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेसँगै अध्यक्ष रञ्जिता श्रेष्ठले सरकारले थारूहरूलाई मात्र किन अपराधी देख्‍छ? भनेर आक्रोश व्‍यक्त गरेकी छन्।

 

आफ्नो सांसद पक्राउ परेपछि रन्जिताले लेखिन्- सरकारलाई हाम्रो समर्थन चाहिँदैन रहेछ!

फरार प्रतिवादीको सूचीमा रहेका चौधरी बाँकेमा बिहीबार पक्राउ परिसकेका छन्। आफ्ना सांसद पक्राउ परेसँगै अध्यक्ष श्रेष्ठले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘अपराधी थारूहरूलाई मात्र देख्‍ने सरकार तिमीलाई हाम्रो समर्थन चाहिँदैन रहेछ!’

नाउपाले केन्द्रमा र सुदूरपश्चिम प्रदेशमा सरकारलाई समर्थन गरेको छ। यद्यपि, सरकारमा सहभागी भने भएको छैन। सुदूरपश्चिम प्रदेशमा नाउपाको निर्णायक मत रहेको छ।

पक्राउ परेका चौधरी संसदीय निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेर कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए। उनलाई ट्याक्टर जलाएको सरकारीवादी फौजदारी मुद्दामा जिल्ला अदालत कैलालीको फैसलाले करिब १० वर्ष पहिले ६ महिना कैद तोकेको थियो। तर, अदालतको उक्त फैसलाअनुसार उनले कैद सजाय भुक्तान नगरी फरार बनेका थिए। त्यसपछि उनी चुनाव लडेर अहिले प्रतिनिधि सभा सदस्य बनेका हुन्।

Nabintech