७ बैशाख २०८१, शुक्रबार
सञ्चारकर्मिहरु प्रबिधिको प्रयोग गरि अघि बढनुपर्ने :मुख्यमन्त्रि गिरी

लुम्बिनी प्रदेशलाई सबै दृस्टिबाट संबृद्ध बनाउन मुख्य मन्त्रिको प्रतिबद्धता


  • बिकल भट्टराई

  • १९ माघ २०७९, बिहीबार १५:४२

कोहलपुर, बांके:लुम्बिनी प्रदेश सभाका मुख्य मन्त्रि लिला गिरीले सञ्चारकर्मिहरु प्रबिधिको प्रयोग गरि अघि बढनुपर्ने धारणा ब्यक्त गरेका छन । आज (बिहिबार) नेपाल टेलिभिजन कोहलपुरले आफनो ३८ औं बार्षिक उत्सवमा आयोजित भेटघाट कार्यक्रममा उन्ले यस्तो कुरा बताएका हुन ।

निश्पक्ष पत्रकारिता र समृद्धितर्फ लाग्न आग्रह गर्दै प्रमुख अथिती मुख्य मन्त्री गिरिले राजनैतिक अस्थिरताको अन्त्य गरि स्थायित्व कायम गर्ने सरकार अहिलेको आवस्यक रहेको बताए । उन्ले लुम्बिनी प्रदेशलाई सबै दृस्टिबाट संबृद्ध बनाउन आफु लागि परेको बताउदै  गिरीले बांकेको विकासमा आफनो प्रतिबद्धता समेत रहेको जिकिर गरे ।

नेपाल टेलिभिजनका  माहाप्रबन्धक फुलमान बल तामाङले कर्मचारीको सेवा सुबिधामा एकरुपता ल्याउदै नेपाल टेलिभिजनलाई अघि बढाउने प्रतिबदता ब्यक्त गरे । सो अवसरमा लुम्बिनी प्रदेशका माननिय मन्त्री कृष्णा केसि नमुना, प्रदेश माननियहरु दुर्गा प्रसाद थारु, रत्न खत्री, बसन्ती अधिकारी, बांकेका प्रमुख जिल्ला अधिकारी बिपिन आचार्य लगायतले आ -आफ्नो धारणा राखेका थिय। कोहलपुर प्रशारण केन्द्र प्रमुख बिजय बर्माको सभापतित्व कार्यक्रमको आयोजना गरिएको थियो ।

यसैबिच लुम्बिनी प्रदेशका मुख्यमन्त्री माननीय लिला गिरिले बैजनाथ न्यु सिटिमा नेकपा एमालेका अगुवा कार्यकर्तासंग भेटघाट समेत गरेका छन ।

Nabintech